खुकुरी मार्शल आर्ट्स संघको सुदुरपश्चिम भेला, अध्यक्षमा प्रकाश


नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको दोस्रो सुदुरपश्चिम प्रदेश भेला शनिबार धनगढी, कैलालीमा सम्पन्न भएको छ ।
नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रिय अध्यक्ष डा.पूर्णप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको भेलामा उपाध्यक्ष एवं राखेप सडस्य मानदेव हजारा, केन्द्रिय उपाध्यक्ष मदन रेग्मी, केन्द्रिय सदस्य भरत शाहलगायतले नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघले गरेका र गर्नु पर्ने कार्यका बारेमा बोलेका थिए ।
भेलाबाट अध्यक्षमा प्रकाश बि क, उपाध्यक्षहरुमा कृष्ण गौतम, सरिता चौधरी, पबित्र बोहोरा र सचिव लोकेन्द्र धानुलगायत निर्बाचित हुनुभएको छ । त्यस्तै धनगढीमा भएको संघको दोस्रो प्रदेश भेलाबाट कैलाली जिल्ला कमिटीको समेत चयन भएको छ । जस अनुरुप कैलाली जिल्ला अध्यक्षमा उमेश बिक्रम बम निर्विरोध निर्वाचित भए ।
जसको उपाध्यक्षमा बिप्लब राना, दिपक चौधरी, कोषाध्यक्षमा सुधासन चौधरी सचिवमा अजय तामाङ र सदस्यहरुमा राहुल साउद, सन्दिप भट्ट, दिपक जोशी, सुनिल बोहरा, रोनिस बिष्ट, ऋषि शर्मा, हरिश जोशी, सागर शाहि, विराज चौधरी, वसाहाना बोहरा र राम सुन्दर चौधरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *