नयाँ वर्षमा दोलालघाट महोत्सव

दोलालघाट, नयाँ वर्षको अवसरमा आउदो चैत्र २९ देखि बैशाख ३ गते सम्म दोलालघाटमा चौथो दोलालघाट महोत्सव हुने भएको छ ।
प्राकृतिक, सांस्कृतिक, कृषि र ब्यापार–दोलालघाट पर्यटन प्रर्वद्धन विकासको आधार भन्ने मुल नारा आयोजित महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले उद्घाटन गर्ने कार्यक्रम तय भएको मुल समारोह समितिका संयोजक एवं दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवका अध्यक्ष अष्टबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
दोलालघाटमा कृयाशिल रहेका संघ संस्थाहरु दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लव, दोलालघाट उद्योग बाणिज्य संघ, समृद्ध दोलालघाट टोल विकास समिति, दोलालघाट वनदेउ विकास तथा सुधार समितिले आयोजना गरेको दोलालघाट महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, सुनकोशी तथा इन्द्रावतीका लोकल माछाका परिकारहरु उपलब्ध हुनेछन् । ढुङ्गे सेकुवाका परिकारहरु, काठे डुंगा संचालन, बाल उद्यान रमाईलो मेला (रोटेपिङ्ग, कोलम्वस, हात्तिघोडा, ड्रागन रेल, मिकिमाउस, फिरफिरे रेफ, जम्पिङ), स्थानीय परिकार सहितका चमेना गृह, ¥याफटिङ्ग (बोटिङ्ग), स्वास्थ्य शिविर, धार्मिक स्थलहरुको प्रचार प्रसार, कृषि प्रर्दशनीका स्टलहरु रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।
साथमा नयाँ वर्ष विशेष कार्यक्रम, निर्माणाधिन बुद्धपार्क तथा भ्यू टावरको अवलोकन, भुम्लु गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, टिकटक जोन र विच भलिबल लगायतका कार्यक्रमहरु हुनेछन् । महोत्सव बैशाख ३ गते समापन हुनेछ । पुर्व मन्त्री एवं सोहि निर्वाचन क्षेत्रका सांसद गोकुल बास्कोटा वैशाख १ गते महोत्सवमा सहभागी हुनेछन् भने प्रदेश मन्त्री लक्ष्मण लम्साल समापन कार्यक्रममा सहभागी हुनेछन । साथै महोत्सवमा नयाँ वर्ष विशेष कार्यक्रम चैत्र ३० गते लाइभ म्युजिक कार्यक्रम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *