आजसम्म चल्दै चौथो दोलालघाट महोत्सव

दोलालघाट, नयाँ वर्षको अवसर पारेर चैत्र २९ देखि दोलालघाटमा शुरु चौथो दोलालघाट महोत्सव आजसम्म चल्दै छ ।
महोत्सवको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले दोलालघाट पर्यटन क्षेत्रको विकासका लागि सरकारले समन्वय र सहयोग गर्ने भन्दै दोलालघाटलाई दोलालघाट नै रहन दिन स्थानीय सरकार स्थानीयहरुले विशेष भूमिका खेल्नु पर्ने बताए । पुर्व मन्त्री एवं प्रतिनिधी सभा सदस्य गोकुल बाँस्कोटाले समृद्ध दोलालघाटका लागि सुनकोशी परियोजना प्रारम्भमा ढिलाई गर्न नहुने बताए ।
महोत्सव मुल समारोह समितिका संयोजक एवं दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवका अध्यक्ष अष्टबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य मिना लामा, बागमती प्रदेश सभा सदस्य रुकु चौलागाई, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, भुम्लु गाउँपालिका अध्यक्ष प्रेमकुमार भुजेल लगायतले दोलालघाटको विकास र समृद्धीका बारेमा बोलेका थिए ।
प्राकृतिक, सांस्कृतिक, कृषि र ब्यापार–दोलालघाट पर्यटन प्रर्वद्धन विकासको आधार भन्ने मुल नारा आयोजित महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, सुनकोशी तथा इन्द्रावतीका लोकल माछाका परिकारहरुको स्वादन, ढुङ्गे सेकुवाका परिकारहरु, काठे डुंगा संचालन, बाल उद्यान रमाईलो मेला (रोटेपिङ्ग, कोलम्वस, हात्तिघोडा, ड्रागन रेल, मिकिमाउस, फिरफिरे रेफ, जम्पिङ), स्थानीय परिकार सहितका चमेना गृह, ¥याफटिङ्ग (बोटिङ्ग), स्वास्थ्य शिविर, धार्मिक स्थलहरुको प्रचार प्रसार, कृषि प्रर्दशनीका स्टलहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *