मिस एण्ड मिसेस ब्युटीफुलको अडिसन हुँदैं

विगत लामो समयदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना सम्पन्न गर्दै आएको दक्ष ईन्टरनेशनलले ‘मिस ब्युटीफुल नेपाल’ को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’ को आठौं संस्करणको पहिलो अडिसन २०८१ जेठ ५ गते काठमाडौंको रोयल अलिन्जा क्याफेमा हुने दक्ष ईन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डे जानकारी दिनुभएको छ ।
अडिसनमा देशभरबाटै भाग लिन चाहानेले सम्पर्क गर्न सकिने आयोजकले बताएका छन । छनौट प्रक्रियामा समावेश भएका प्रतिस्पर्धीहरू मध्येबाट जेठ ५ गते छनौट भएका सहभागीबाट ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’ छानिने छन । प्रतिस्पर्धीहरूको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरूको आन्तरिक क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको दक्ष ईन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *