धुलिखेल, नेकपा एमाले काभ्रेको ११औं जिल्ला अधिवेशनबाट अध्यक्षमा राजन भुर्तेल बिजयी भएका छन । प्रत्यासी चन्द्र लामालाई ८१ मतले पछि पार्दै भुर्तेल बिजयी भएका हुन । भुर्तेलले ३ सय ८० र लामाले २ सय ९९ मत प्राप्त गरेका थिए ।
गत सोमबारबाट शुरु भएको अधिवेशनको निर्वाचन प्रक्रिया बुधबार अबेर सकिएको थियो । जस अनुरुप उपाध्यक्ष देवसागर लामा ४७१ (विजयी), आत्माराम थापा २०८, सचिव राजकुमार सापकोटा ४४४(विजयी), होमप्रसाद चौलागाई २३५, उपसचिव महिला सुर्यमाया दनुवार ३६१(विजयी), शान्ता न्यौपाने ८०, पवित्रा भुर्तेल २३८, उपसचिव खुल्ला रत्नकुश रञ्जितकार ३२४(विजयी), हरी कुमार मैनाली २०२, पुरुषोतम अधिकारीले १५३ मत प्राप्त गरेका थिए ।
निर्वाचनबाट सदस्यहरु भौगोलिक (बनेपा) अरबिन्द्र गौतम, कृष्णप्रसाद दाहाल, चन्द्र बहादुर खड्का, श्याम सापकोटा, बलराम अधिकारी, श्यामसुन्दर श्रेष्ठ । (धुुलिखेल) सुन्दर लामा, निरज खड्का, श्यामसुन्दर चौलागाई, देवप्रसाद कोईराला, हरिचन्द्र घिमिरे धुलिखेल युवा मिलन कुमार गौतम । भौगोलिक(पनौती) सुर्दशन हुमागाई, प्रकाश बन्जारा, उद्धब सापकोटा, राजेन्द्र केसी, विपिन लामा पनौती युवा दिपेश घिमिरे । सदस्यहरु भौगोगिक(मण्डनदेउपुर) शम्भुप्रसाद पौड्याल, नवराज ढकाल, प्रकाश रोक्का, राधाकृष्ण बस्ताकोटी । नमोबुद्ध नपा युवा सञ्जिव न्यैेपाने ।
भौगोगिक(पाँचखाल) तिर्थ लामा, विनोद सापकोटा, हरि खतिवडा । रोशी युवा मिलन सागर लामा २८९, गोविन्द उप्रेती २८९ । तेमाल युवा शुरेस कुमार दोङ्ग, सदस्यहरु भौगोगिक(चौरीदेउराली) राजकुमार गौतम, उपेन्द्र कुमार घिसिङ्ग, रेशम चौलागाई । दलित खुल्ला विकास मंग्रान्ती, खड्ग बहादुर पुर्कोटी, प्रदिप परियार, दलित महिला सम्झना परियार, उर्मिला विक, जनजाती खुल्ला राम बहादुर वाईवा, रोशन कुमार श्रेष्ठ , घनश्याम लामा, सदस्य खुल्ला(जिल्ला भरीबाट) नवराज भुर्तेल, विक्रम चौलागाई र लेखा समिति सचिवमा गोविन्द दाहाल निर्वाचित भए ।
यसअघि जिल्ला कमिटीमा १ सय ५ मध्ये ६१ जना निर्विरोध भएका थिए । निर्विरोध हुनेहरुमा पाँचखालबाट–युवा–रामकाजी श्रेष्ठ, महिला–सरस्वती दाहाल अधिकारी र सिता कोईराला । रोशी– महिला–खुल्ला–कान्छामान लामा जेन्सन, डिल्लीप्रसाद रेग्मि र धनजित लामा, गंगामाया लामा र प्रतिभा खड्का रायमाझी । तेमाल– महिला–ज्ञानीमाया लामा र कल्पना तामाङ, खुल्ला–बलराम राय, नरध्वन तामाङ र इन्द्रमान तामाङ । चौरीदेउराली–महिला– कुमारीमाया लामा र तेजमाया गौतम, युवा–रविन्द्र गौतम । भुम्लु– खुल्ला डेगबहादुर कुँवर र रमेश लामा, महिला–कल्पनाकुमारी श्रेष्ठ, युवा–टिकाराम लामा । बेथान्चोक–खुल्ला–भवनाथ तिमल्सिना र विष्णुबहादुर तामाङ, महिला पार्वती सापकोटा । बनेपा–महिला–रेखा दाहाल, विमला सापकोटा दाहाल र सरिता रायमाझी, युवा–सुन्दर खड्का । महाभारत–बसन्त कुँवर र लेखराम सारु मगर, महिला– शान्ति तितुङ राणा मगर । धुलिखेल–महिला–उमा थापा, शोभा दाहाल, सरिता हुमागाई । पनौती–महिला– शोभा राजभण्डारी, मिरा पौडेल, गीता सापकोटा । खानिखोला–युवा रमेश दुरुच्याङ्ग, खुल्ला डम्बरबहादुर तिमल्सिना र चन्द्रबहादुर थोकर, महिला सोनिया थिङ्ग । नमोबुद्ध–खुल्ला–दामोदर खनाल, निरोज पाण्डे, टिका गिरी (शंकर), हिराबहादुर लामा, महिला–गिता प्याकुरेल र गिता सिलवाल । मण्डनदेउपुर–महिला–सुभद्रा नेपाल आचार्य र तुलसी पौडेल, युवा शालिकराम पराजुली । समावेशीमा दलित युवा–तेज नेपाली । जिल्ला खुल्ला महिला– गंगा लुईटेल, सिर्जना प्याकुरेल र माधुरी सापकोटा, युवा महिला– शुशिला हमाल, युवा पुरुष ईश्वरबल्धव सापकोटा । जनजाति महिला–गिता तामाङ । अपाङता खुल्ला–बलराम दाहाल । अल्पसंख्यक खुल्ला–गोपालबहादुर दनुवार । मजदुर–शान्ति कार्की र उद्धवप्रसाद घिमिरे (बेदप्रसाद) । लेखा समितिः अध्यक्ष सत्यनारायण सापकोटा, उपाध्यक्ष टिकाप्रसाद ढकाल र सदस्य खुल्ला शशिकुमार बोलखेरहेका छन ।
अधिबेशनको धुलिखेलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, कृष्ण राई, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंङ्गेल, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिव राजन भुर्तेल लगायतले सम्बन्धीत विषयमा धारणा राखेका थिए ।