बनेपा, बनेपा नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा सम्पादित आयोजना तथा कार्यक्रमहरुको सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको छ ।
कार्यक्रममा बनेपा डुवानको स्थायी समाधान खोज्नु पर्ने, खानेपानी सहज तरिकाले वितरण गर्नु पर्ने, जनताका सामान्य कामलाई नपन्छाई सेवा प्रदान गर्न आग्रह गरिएको छ । कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई, प्रशासकिय अधिकृत धुर्बराज नेपाल, जिल्ला समन्वय समति सदस्य चण्डिका मिजार, काभ्रे उद्योग वाणिज्य सघंका अध्यक्ष प्रताप बैद्य, वडाअध्यक्षहरु, जेष्ठनागरिक मञ्चका अध्यक्ष कृष्ण प्रसाद दाहाल बाल सञ्जालका नगर अध्यक्ष रोजी ठाडा मगर लगाएतले मन्तब्य राखेका थिए ।
नगरपालिकाले १ अरब ४४ करोडको बजेटमा चालु खर्च ८६.२१, पुँजीगत खर्च ८९.१० र बित्तिय खर्च १०० प्रतिशत गरी जम्मा ८७.७६ प्रतिशत खर्च भएको प्रमुख कार्यकारी अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिए । चापागाईले नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनमा जिल्लाकै उत्कृष्ट ९२.५ ल्याउन सफलभएको, ज्येष्ठनागरिकको निःशुल्क दन्त परिक्षण तथा कृतिम दाँत प्रत्यारोपण कार्य गरिएको, नगर स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सबै वडामा हरेक महिना सञ्चालन गरिएको, हरेक शुक्रबार हाटबजार सञ्चालन गरिएको, बनेपानगरपालिका भित्रका सबै कृषकका पशुहरुको निःशुल्क बीमा गरिएको, नगरपालिकावाट स्वीकृत भएका भवन निमार्ण स्वीकृती सम्बन्धी नक्सा डिजिटलाइजेशन गरिएको, विद्युतिय नक्सा पास प्रणली प्रारम्भ, नगर यातायात गुरु योजना निमार्ण सम्पन्न, योजना सफ्टवेयर लागु गरिएको, ५२ वटा सामुदायीक तथा संस्थागत विद्यालयक विद्यार्थीहरुको निःशुल्क आखाँ परिक्षण तथा उपचार गरिएको, ज्येष्ठ नागरिकहरुको लागी निःशुल्क दन्त शिबिर तथा दाँतको पुरा सेट राखिदिने कार्यक्रम सञ्चालन गरिएको, बनेपा आधारभुत नगर अस्पतालको लागी जग्गा प्राप्ती भएको, सडक, खानेपानी लगाएतका क्षेत्रमा भएको महत्वपुर्ण काम भएको बताएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा संस्थागत÷जनशक्तिको क्षमता बृद्धि नभएको, आयोजना संचालनको अबस्थामा अनुगमन नभएको, प्रविधिलाई कम महत्व दिईएको, विषयगत समितिको बैठक कम बस्ने गरेको, कार्यक्रम र बजेटमा तालमेल नभएको र खर्च अनियमित भएको, कार्यक्रममा साझेदारी नभएको, नगरपालिकाको प्रशासनिक भवन पर्याप्त नभएको, कार्यलय ब्यबस्थापनमा कमजोरी, अभिलेख ब्यबस्थापन कमजोर, नगरमा दमकल, शबवहान तथा एम्बुलेन्स नभएको, एकीकृत खानेपानी लथालिङ्ग अबस्थामा रहेको लगाएतका समस्या र चुनौती रहेको बताइएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने र प्रश्न गर्ने अधिकांसले बनेपा डुकानको समाधानको माग गरेका थिए ।