कता जाँदै छ समाज ? रामलालले मारे आफ्नै बुबा, फुर्साङले गरे आमाको हत्या

धुलिखेल, आफ्नै आमाको हत्या अभियोगमा पक्राउ परेका छोरालाई गत कात्तिक २० गते सार्वजनिक गरेको काभ्रे प्रहरीले त्यसको ५ दिन पछि हिजो अर्का त्यस्तै छोरालाई सार्वजनिक गरेको छ–जसले आफ्नै बुबाको हत्या गरेका छन ।
हिजो जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलनको आयोजना गरी बुबाको हत्या गर्ने नमोवुद्ध नगरपालिका–७ धारापानी स्थित पुजारी थुम्काका रामलाल श्रेष्ठलाई सार्वजनिक गरेको छ । रामलाललाई प्रहरीले कात्तिक २३ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए ।
श्रेठले कात्तिक ७ गते ७४ वर्षिय बुबा बल बहादुर श्रेष्ठको हत्या गरेका थिए । उनी बल बहादुरका जेठो छोरा हुन् । कात्तिक ८ गते अन्दाजी ८ बजेको समयमा स–परिवार खाना खाई सुत्न भनि चोटामा गाइसकेपश्चात रामलालले बुबासँग अंश मागेका थिए । बुबाले अंश दिन इन्कार गर्दै भाइहरुलाई पनि बोलाएपछि मात्र अंश दिने भनेपछि बुबा–छोराबीच भनाभन भएको थियो । त्यसपछि छोरा रामलालले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरी बुबाको छेउमा रहेको हँसियाले टाउकोमा प्रहार गरेपछि नजिकै रहेको ढोकामा लगाउने आग्लोको रुपमा प्रयोग गर्ने गरेको फलामको गल प्रहार गरेका थिए । बुबा बल बहादुर भुँईमा ढले । सोही समयमा गलले घाँटी थिचेर हत्या गरी छोरा रामलाल जंगलमा नै लुकेर बसिरहेका थिए । १४ दिनसम्म उनी जंगलमा रहेको कुवाबाट पानी र नजिकै रहेको सुन्तलाको बगैचाको सुन्तला खाएर ढोडमा लुकेर बसेका थिए । खोजतलास गर्दै जाने क्रममा घर नजिकैको ढोडेनी बनमा लुकेर बसेको अवस्थामा कात्तिक २३ गते रामलाल पक्राउ परेका थिए । उनको हाल थप अनुसन्धान भइरहेको छ ।

यस्तै केशमा रोशी गाउँपालिका वडा नं ३ का एक युवा पक्राउ परेका थिए । कार्तिक १६ गते ६९ बर्षी माइली लामाको हत्या अभियोगमा उनका छोरा २८ बर्षीय फुर्साङलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी गराइन ।
घटनाबारे जानकारी पाउने वित्तिकै खहरेपागुँ, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी परिचालन भई, घटनाको प्रकृति, स्थानीय र परिवारका सदस्यको बयान समेत सुन्दा छोराको गतिविधी शंकास्पद देखि उनले भनेका कुरा काल्पनिक जस्ता लागेर शंकाको घेरामा राखेर अनुसन्धान गर्दा छोराले हत्या गरेको स्विकारेपछि कर्तव्य ज्यान मुद्दामा म्याद थपेर थप अनुसन्धान अघि बढाएको एसपी खड्काले बताईन ।
घटना विवरण अनुसार, काठमाडौंमा रात्रीकालिन व्यवसायमा रहेका फुर्साङ तिहारको लागि भन्दै १२ गते घर आएका थिए । साथमा १४ सय रुपैयाँ मात्रै रहेका फुर्साङले आमा सुतिरहेको बेलामा कानमा लगाउने सुनको रिङ र पैसा देखेपछि ‘लोभ पलाएर’ आमाको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । उनको साथबाट सुनको बिल बरामद भएको थियो भने रगत लागेको ३ हजार पैसा र सुनको रिङ खाल्डो खनेर घर पछाडी लुकाएको बयान दिएका थिए । माइली कार्तिक १६ गते आफ्नै घरको भान्सामा मृत फेला परेकी थिइन् । फुर्साङले मसला पिस्ने लोरोले टाउकोमा प्रहार गरी अचेत अवस्थामा रहेकी आमालाई पुनः नजिकै ढोकाको आग्लोले प्रहार गरी हत्या गरेको बयान दिएका थिए ।
सँगसँगै जस्तो भएका यि दुई घट्नाले समाज कता जादै छ भन्ने गम्भिर प्रश्न उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *