ओली, देउवा र प्रचण्डमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान


कार्की आयोगको प्रतिवेदनका आधारमा प्रहरीले प्रमुख राजनीतिक दलका नेताहरू तथा उनीहरूको नजिकका व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार आन्दोलनका क्रममा केही नेताका घरमा आगजनी हुँदा नगद रकम फेला परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुरु गरेको प्रारम्भिक अनुसन्धानलाई विस्तार गर्दै थप छानबिन अगाडि बढाइने भएको हो । सोही सिलसिलामा आइतबार बिहान नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गरिएकोे छ । स्रोतका अनुसार पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उनका परिवारका सदस्य तथा सचिवालयका केही व्यक्तिमाथि पनि अनुसन्धान अगाडि बढाइएको छ । त्यस्तै, जेन–जी आन्दोलनकै क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको घरमा समेत नगद रकम फेला परेको बताइएको छ । ललितपुर महानगरपालिका–२६, सुनाकोठीस्थित गंगा दाहालको निवासमा आगलागी हुँदा भेटिएको उक्त रकमको मुचुल्का उठाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यससँगै नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयका केही सदस्यहरूमाथि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गरिने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *