निर्देशक एवं कलाकार कमल दाहालले फरक शैली प्रस्तुत गरिएको भो बैगुनी म्युजिक भिडियो बजारमा लिएर आएका छन । केहिदिन अधिबाट कमल टिभी युट्युव च्यानलमा भो बैगुनी म्युजिक भिडियो प्रस्तुत छ ।
चर्चित गायिका कल्पना दाहाल र कमल दाहालको सुमधुर आवाजमा प्रस्तुत गीतमा शब्द पनि कमल दाहालले नै रचना गरेका हुन । विष्णु तामाङको लयमा तयार गितलाई सागर पुनले रेकर्ड गरेका हुन ।
भो बैगुनी नामक गितको म्युजिक भिडियो काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न रमणिय ठाउँलाई समेटेर खिचिएको छ । बिशेष गरी माया पिरती र माया प्रेममा भएको धोकालाई फरक शैलीमा प्रस्तुत गरेर म्युजिक भिडियो निर्माण गरिएको छ । भिडियोलाई कमल दाहालले नै निर्देशन गरेका छन । दाहालको समेत अभिनय रहेको भिडियोमा रविन्द्र ढलकुटी, स्मारिका खनाल, सुनिल जिम्बा, सुनिता बखुन्छे, अर्जुन न्यौपानेलगायतको अभिनय रहेको छ ।