इन्दिराको तिमीले छाडे मर्छु म सार्वजनिक

32637168_464676227300225_9183767868540452864_n
लामो समयदेखि गायन क्षेत्रमा रहेकी गायिका इन्दिरा भट्टराईले आफ्नो युगलगीत तिमीले छाडे मर्छु म आकर्षक भिडियो सहित सार्बजनिक गरेकी छिन् ।
गायक संगीतकार र संगीत संयोजक भुवन प्रकाश बाबुले इन्दिरालाई गायनमा साथ दिएका छन् भने संगीत र एरेन्जमेन्ट पनि उनकै रहेको छ । धिताल फिल्मस् प्रालिबाट निर्माण गरिएको यो गीतको भिडियोलाई होम धितालले निर्देशन गरेका छन् । कोरियोग्राफÞी गोबिन्द श्रेष्ठ, छायांकन मरुभुमी नारायण, सम्पादन रोशन धितालको रहेको छ । भिडियोमा गायक गायिकाले नै विभिन्न कोरस कलाकारको साथमा आकर्षक अभिनय पनि गरेका छन् । उक्त गीत र भिडियोलाई युट्युबमा सर्च गरेर हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *