सुदिना हुमागाई मिस नेपालको प्रतिस्पर्धामा

आगामी २०८२ भदौ १४ गते सम्पन्न हुने मिस नेपाल २०२५ को उपाधिका लागि काभ्रेकी प्रतिभावान चेली सुदिना हुमागाई प्रतिष्पर्धी बनेकी छन । द हिडन ट्रेजर्सको आयोजनामा हुदै गरेको प्रतियोगिताको उपाधिका लागि २६ जना फाइनलिस्टको औपचारिक घोषणाका लागि गरिएको स्यास सेरेमोनीमा सुदिना तेश्रो नक्वरमा रहेको जानकारी गराईयो ।
देशका विभिन्न भागबाट प्रतिनिधित्व गर्दै आएका २६ जना सुन्दरी प्रतियोगीहरूले कार्यक्रममा आधिकारिक रूपमा आफ्नो स्यास ग्रहण गरेका छन । स्यास समारोहमार्फत प्रतियोगीहरूलाई आधिकारिक रूपमा मिस नेपाल २०२५ को प्रतिस्पर्धाका लागि प्रस्तुत गरिएको हो । यस वर्षको प्रतियोगिता विविध क्षेत्र, संस्कृति र पृष्ठभूमिबाट आएका प्रतिभाशाली युवतीहरूको सहभागिता रहेको प्रतियोगितामा पनौती–२, कुशादेवी हाल बनेपा–७, कि २२ वर्षिय हुमागाईको सहभागिताले काभ्रेको लागि समेत विशेष बनेको छ ।
रेडियो एबिसीमा कार्यक्रम प्रस्तोता सुदिना हुमागाईले ब्याचलर इन डेन्टल सर्जरीको अध्ययन गरेकी छन । नृत्य र सामाजिक कार्यमा रुचि राख्ने हुमागाई योगा प्रशिक्षक समेत हुन । यस वर्षको मिस नेपाल प्रतियोगिताको फिनाले आगामी भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ ।
प्रतियोगीहरूले प्रशिक्षण, सामाजिक परियोजना, आत्मविश्वास विकास तथा विभिन्न चुनौतीहरूको माध्यमबाट आफ्नो क्षमता प्रदर्शन गर्नेछन । यि प्रतिभावान चेलीलाई जिताउन सबैले सहयोग गरौ । भोटिङका लागि तस्बिरको प्युआर प्रयोग गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *