
लोक दोहरी गायिका शर्मिला श्रेष्ठ फास्ट ट्रयाक लिएर आएकी छिन् । हालै मात्र शर्मिलाले बद्री राउतसँग मिलेर फास्ट ट्रयाक सम्बन्धि लोक गित बजारमा ल्याएकी हुन् ।
हालै मात्र नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा काठमाडौको सेन्सर बोर्डले सेन्सर गर्दा प्रदर्शन गर्न योग्य भनि स्वीकृति प्राप्त भएपछि श्रेष्ठले आफ्नै युट्युब च्यानलबाट फास्ट ट्रयाक–२ लाई बजारमा ल्याएकी हुन् । सामाजिक हितका लागि जानकारीमुलक रहेको यो लोक गित फरक स्वादको रहेको श्रेष्ठ बताउँछिन् । नेपाली सेनाको विशेष सहयोगमा फास्ट ट्रयाक–२ लाई निजगढ नगरपालिकाको रमणीय स्थलमा छायाँकन गरिएको हो ।
गीतमा निजगढको सौन्दर्यतालाई कैद गरिएको छ । नेपाली सेनाले निर्माण गर्दै गरेको फास्ट ट्रयाक निर्माण स्थल मै भिडियो छायाँकन गरिएकोले समेत भिडियो अझै उत्कृष्ट बनेको छ । नेपाली सेनाले राष्ट्र र समाजको लागि गरेको कार्यहरुलाई समेत उतारीएको फास्ट ट्रयाक–२ मा शब्द संगीत बद्री राउतको रहेको छ । बद्री राउत र शर्मिला श्रेष्ठको स्वर रहेको गीतको भिडियोलाई दिनेश लामाले निर्देशन गरेका छन् । सम्पादन, छायांकन अशोक रन्जितको रहेको भिडियोमा सविना राउत र निरोज खड्काको जोडदार अभिनय रहेको छ । गीतलाई विजय थापाले एरेन्ज गरेका छन् भने इन हाउस क्रियशनले बजार व्यवस्थापन गरेको छ ।
एक वर्षको प्रयास पश्चात फास्ट ट्रयाक–२ सामाजिक जनचेतनाको लागि लोक लयमा बजारमा आएको हो । प्रसारण र छायांकनको लागि नेपाली सेना, फास्ट ट्रयाक निर्माण कार्यदल, निजगढ नगरपालिकाले सहयोग गरेको श्रेष्ठ बताउँछिन् । बिल्कुलै फरक स्वादको लोक लयमा बजारमा आएको फास्ट ट्रयाक २ लाई दर्शक श्रोताहरुले मन पराउनेमा आशावादी रहेको शर्मिलाले बताइन् ।