चर्चित मोडल सन्जिब ठकुरीले गरे कला केन्द्रको उद्घाटन

काभ्रेपलान्चोक – बनेपा अहिलेको समयमा सुपरिचित नाम हो सन्जिब ठकुरी नेपाली कलाकारिता क्षेत्रमा दिनप्रतिदिन नव कलाकाहरुको उदयमान भैरहेका छन् । यस भित्र ज्ञान लिएर भन्दा आफ्नो रहर मेटाउन आउने जमात नै बढी मात्रामा देखिन्छ ।

यस्तै आफ्नो ज्ञान क्षमता मेहनत र लगनशीलताले नै गर्दा आज मोडल सन्जिब ठकुरी निकै चर्चामा छ्न । यहीँ चर्चाको कारण बाट उनले केहि दिन अगाडि मात्र मिलन गुरुङ्ग र बिमला राई द्वारा संचालनमा आएको सहारा सांस्कृतिक कला केन्द्रलाई नेपाली गीत संगीतको म्युजिक भिडियोमा ख्याती कमाएका मोडल सन्जिब ठकुरीले रिबन काटेर उद्घाटन गरेका छ्न ।

उद्घाटन पश्चात सन्जिबले सहारा सांस्कृतिक कला केन्द्र मार्फत राम्रा कलाकाहरुको उत्पादन हुनेमा विश्वास ब्यक्त गरेका छन् ।

यता संचाकल मिलन गुरुङ्गले पछिल्लो समयमा यस क्षेत्रमा प्रवेश गर्ने चाहना हुने तर आर्थिक अभावको कारण कुनै शिक्षा हाँसिल गर्न नसक्ने गरिब वर्गहरुलाई पनि कला केन्द्रको नाम अनुसार साहारा प्रदान गर्दै उनीहरुको भाबिस्यमा कलाकार बन्ने चाहना सर्वसुलभ रुपमा पुरा गरिदिने धारणा ब्यक्त गरेका छन् । साथै संचालिका बिमलाले पनि एक चोटो हामीलाई सेवा गर्ने मौका प्रदान गर्नु भएमा हामि उहाँहरुको सपना पूर्ण गर्ने कुरामा कतैबाट पनि कन्चुसाई नगरी लागिपर्ने कुरा बताएकी छिन् ।

कार्यक्रम पत्रकार, कलाकार तथा कलाप्रेमीहरुको बाक्लो उपस्थितिको बिचमा सम्पन्न भएको हो उद्घाटन कै दिनमा केक काटेर सबै सामु खुसियाली पनि बाँडिएको छ । उपस्थित पाहुनाहरुलाई मिलन स्वयम् र अन्य साथीहरुले नृत्य प्रस्तुत गरेर मनोरन्जन समेत प्रदान गरिएको थियो । सोहि कार्यक्रममा कलारिता क्षेत्रलाई फराकिलो बनाउनका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने कलाकार तथा पत्रकारहरुलाई सम्मान पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *