नब क्षितिजकर्मी गौतम सम्मानित

बनेपा, यस साप्ताहिकका सम्बाददाता, राम्रो सन्देश डटकम का सह सम्पादक, माउन्टेन टेलिभिजनका काभ्रे सहयोगी र कोशिपारी अनलाईन न्युजका संचालक अरबिन्द्र गौतमलाई बुधबार काठमाडौमा सञ्चार तथा सूचना प्रबिधी मन्त्री, नेपाल सरकारका प्रबक्ता पार्बत गुरुङ र बरिस्ठ कलाकार मदनदास श्रेष्ठले नगद पाँचहजार पाँच सय पचपन्न रुपियाँ सहित मोफसल पत्रकारिता पुरस्कारबाट सम्मानित गर्नु भएको छ ।

काभ्रेपलान्चोक जिल्लामा जन्मनु भइ राष्ट्रिय रुपमा स्थानीय समाचारहरु लाई सम्प्रेषण गरि सञ्चार क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गरि गौरीशंकर च्छोरोल्पा मिडिया प्रा .लिको प्रथम वार्सिकोत्सबको अबसरमा गौतमलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा अथितिहरुले आगामी दिनमा पनि नेपालीपत्रकारिता क्षेत्रमा गौमतको क्रियाशिलताले सफलता पाओस भन्दै शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *