अरबिन्द्र गौतम, बनेपा
बिश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ रोगको नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि दिन प्रति दिन बृद्धी हुँदै गईरहेको अवस्थालाई मध्यनजर राखी सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागी उपत्यकामा केहि समयदेखि गरेको लकडाउनको समयमा साँगा नाकाबाट काठमाडौं उपत्यकामा प्रवेश गर्ने सवारी साधनमा कडाइ गरिएको छ ।
अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा जारी गरेपछि प्रहरी प्रशासनले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाइ गरेपछि उपत्यका छिर्ने पूर्वी साँगा नाका सुनसान भएको छ । उपत्यकासँगै काभ्रेमा पनि आजदेखि लकडाउन शूरु भएको छ ।
जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख तथा प्रहरी निरिक्षक प्रमिला श्रेष्ठले हिजोसम्म जिल्लाभित्र सबै प्रकारका सवारी सधानहरु चलेको भएपनि उपत्यका प्रवेश गर्ने साँगा नाकामा सवारी साधनमा प्रहरी जाँच कडाइ गरिएको बताउनुभयो ।
अरनिको राजमाग हुँदै काठमाडौं प्रवेश गर्ने नाका काभ्रे र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी सधानहरु प्रहरीले जाँच गर्दै फकाइरहेको इलाका इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिनु भयो ।
काभ्रे जिल्ला प्रवेश गर्ने सिमानाहरु दोलालघाट र मंगलटामा त्यसरी उपत्यका प्रवेशमा रोक लगाएपछि काभ्रे जिल्लामा पनि आंशिक प्रभाव परेको छ । उपत्यका प्रवेश गर्न नदिएपछि जिल्लामा चल्ने सार्वजनिक सवारी साधनपनि कम चलेका थिए । आजदेखि भने काभ्रेमा पनि लकडाउन शुरु भएको छ ।