स्थानीय चुनावको आजसम्म उम्मेदवारी दर्ता

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आजसम्म उम्मेदवारहरुको मनोनयन हुँदैछ । निर्वाचन आयोगले हिजो र आजका लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको छ ।

बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन् । हिजो प्रमुख दलहरु बाहेक केहि र स्वतन्त्र उम्मेदवारले मनोनयन गरेका छन ।

उम्मेद्वारी दर्ताका क्रममा आचारसंहिताको पालनामा आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ । मनोनयन दर्ताका क्रममा झडप र अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनलाई अनुरोध गरिएको छ । देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा मनोनयनपत्र दर्ता हुनेछ ।

७ सय ५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख तथा मेयर र उपप्रमुख तथा उपमेयर पदका लागि मनोनयन हुनेछ । त्यसैगरी देशभरका स्थानीय तहमा ६ हजार ७ सय ४३ वडाहरु छन् । हरेक वडाका लागि एकजना वडाध्यक्ष, दुईजना वडा सदस्य, एकजना महिला सदस्य र एकजना दलित महिला सदस्यका लागि मनोनयन दर्ता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *