स्थानीय तह निर्वाचनका लागि सत्तारुढ पाँच दलबीच काभ्रेमा पनि भागबन्डा मिलेको छ ।
नेपाली कांग्रेसको बागमती प्रदेश सभापति ईन्दबहादुर बानियाँ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री र नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज केदार न्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार कांग्रेसले ४ नगरपालिका र ३ गाउँपालिका नेतृत्व लिनेछ । जसमा बनेपा नगरपालिका, पनौती, नमोबुद्व, पाँचखाल नगरपालिका र तेमाल, रोशी र बेथान चोक गाउँपालिका रहेको छ ।
यस्तै नेकपा एकीकृत समाजवादी समाजवादीले धुलिखेल र मण्डनदेउपुर नगरपालिकाको नेतृत्व लिनेछ ।
नेकपा माओवादी केन्द्रले भने ४ गाउँपालिकाको नेतृत्व पाउनेछ जसमा चौँरीदेउराली, भुम्लु, खानीखोला र महाभारत गाउँपालिका रहेका छन् । तर कांग्रेसमा भने चरम असन्तुष्टी बढेको छ । जसका कारण उमेदवार छनोट समेत प्रभावित बनेको छ ।