बनेपा, नेपाल ट्रेड युनियन महासंघ जिफण्ट काभ्रेको विभिन्न पेशामा आवद्ध श्रमिकहरूको प्रशिक्षण कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी सदस्य मजदुर विभाग ईन्चार्ज विदुर खत्रीको सभापतित्वमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य, काभ्रे इञ्चार्ज एंव पुर्व मन्त्री गोकुल प्रसाद बाँस्कोटाले औद्योगिक क्षेत्रका मालिकले मुनाफा मात्रै खोज्दा मजदुर अलपत्र परेको बताउदै आफू सञ्चार मन्त्री हुँदा पत्रकारको हक हितमा काम गर्न खोज्दा मिडियाका मालिकले नै असहयोग गरेको बताउनु भयो । कोरोना महामारीको समयमा वर्षाैं काम गरिरहेका धेरै मजदुर कामबाट लिकालिनु दुःखद भएको भन्दै वर्तमान सरकार मजदुरको समस्या समाधान गर्न भन्दा उद्योगी व्यवसायीको इसारामा मालिक पोस्न लागेको बताउनुभयो । भएको कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश सदस्य कुमार थापा, नेकपा एमाले वागमती प्रदेश सदस्य एवं मजदुर बिभाग ईन्चार्ज उद्दव के.सि., नेकपा एमाले काभ्रे जिल्ला सह–सचिव रिता ढकाल, नेपाल ट्रेड युनियन महासंघ जिफण्ट बागमती अध्यक्ष रामहरि नेपाल, नेकपा एमाले काभ्रे जिल्ला सदस्य एवं जनवर्गीय संगठन ईन्चार्ज कञ्चन अधिकारि, नेपाल ट्रेड युनियन महासंघ जिफण्ट बागमती प्रदेश सदस्य बल वहादुर लो, शान्ति कार्कि, राम कुमार ढुङ्गाना लगायतका मजदुर नेताहरूको उपस्थिति रहेको थियो ।
मजदुर नेता एवम् काभ्रे जिफण्टका सह–ईन्चार्च मोहन गजुरेलको संचालनमा भएको प्रशिक्षण कार्यक्रममा आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन र प्रत्येक पालिकामा श्रम डेक्स संचालन र सामाजिक सुरक्षा कोषमा प्रत्येक श्रमिक लाई समावेश गराउने विषयमा आधारित प्रशिक्षण दिईएको थियो ।