निर्वाचन अघि नयाँ कार्यक्रम नगर्न आयोगको निर्देशन


बनेपा, आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तय गरेको निर्वाचन आयोगले सरकारको योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरु सञ्चालन नगर्न तीन वटै तहको सरकारलाई निर्देशन दिएको छ ।

सरकारले मनपरी तरिकाले योजना र बजेट बाढ्न थालेपछि आयोगले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम र सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन नगर्न संघ, प्रदेश र स्थानीय तहका सरकारलाई निर्देशन दिएको हो । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकारको योजनामा नपरेका कार्यक्रमहरु सञ्चालन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पर्ने आयोगले जनाएको छ ।
हिजो आइतबार निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले पदावधि सकिन लागेका जनप्रतिनिधिले नयाँ काम गर्दा मतदातालाई प्रभाव पार्ने र निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने भएकाले निर्देशन जारी गरिएको बताए । बजेटमा उल्लेख भएका योजनाहरु भने नरोकिने बताए । निर्वाचन सबैको लागि समान प्रतिष्पर्धा गर्ने थलो भएको भन्दै आयोगले पनि सबैलाई समान व्यवहार गरेको र नयाँ कार्यक्रम तथा योजना बनाएर मतदातालाई प्रभावित पार्न कसैलाई नदिइने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *