नाला, डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपा, नालाको चौधौं वार्षिक साधारणसभा शनिबार सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित गर्दै सम्पन्न भएको छ । ।
संस्थाको अध्यक्षमा पुनः माधव सिग्देल निर्बिरोध निर्वाचित हुनभएको छ । जसको वरिष्ठ उपाध्यक्षमा पुरुषोत्तम बजगाई, उपाध्यक्षमा नवराज बजगाई, सचिवमा बुद्धि कृष्ण घिमिरे, सह–सचिवमा श्रीधर पराजुली, कोषाध्यक्षमा गौतम श्रेष्ठ र सदस्यहरुमा गगां दाहाल, लक्ष्मण श्रेष्ठ, रामशरण बजगाई, कमल दाहाल, शरण प्रसाद पराजुली लेखा तथा सुपरिवेक्षण समिती संयोजकमा उपेन्द्र दाहाल, सदस्यहरुमा बुद्धिमान तामाङ तथा रमेश दाहाल निर्बिरोध निर्वाचित भएका छन् ।
साधारणसभामा अध्यक्ष माधव सिग्देल प्रस्तुत गरेको अध्यक्षको प्रतिबेदन, लेखा समितीका संयोजक भुवन श्रेष्ठले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष गौतम श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । साधारणसभामा अध्यक्षता संस्थाका अध्यक्ष माधव सिग्देलले र राष्ट्रिय सहकारी बैक अध्यक्ष केबि उप्रेती प्रमुख अतिथ्य हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी उप्रेतीले कोभिड पछि वित्तिय क्षेत्रमा संकट परिरहेकाले सबै संस्थाहरुमा समस्या थपिएको बताउनु भयो । नेपालमा भएका सहकारीहरु मध्ये विशेष गरी १ सय २१ वटा सहकारीमा ठुलो संकट आएको उप्रेतीले बताउनु भयो । सम्पुर्ण क्षेत्रमा समस्या आएको र त्यसमा सहकारमिा पनि अछुतो रहने कुरै भएन उप्रेतीको भनाई रहेको थियो राज्यले सहकारीलाई कहिलै पनि हेर्ने दृष्टिकोण समेत राम्रो नभएको, नियमन गर्ने निकाय दरिलो नभएका कारण १ माथि अर्काे सहकारी संकटमा पर्दे गएको बताउनु भयो । अध्यक्ष माधव सिग्देलले शेयर सदस्यहरुले अन्त बैंक वा सहकारीमा नगई आफ्नै सहकारीबाट कारोबार गर्नुपर्नेमा जोड दिदै छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको बताउनु भयो ।
साधारण सभामा सहकारीले बाल बचतमा आदर्श श्रेष्ठ, असल ऋणीमा पदम प्रसाद बजगाई, नियमित बचतमा मिठाराम बजगाई, आवधिक बचतमा लक्ष्मी लामालाई सम्मान गरेको थियो । त्यसैगरी लेखा संयोजक भुवन श्रेष्ठ, संचालक सदस्य लक्ष्मण श्रेष्ठ, लेखा सदस्य उमेश दाहाल र राजकुमार दाहाल लाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा संस्थाले जेहेन्दार विद्यार्थीहरु लाई छात्रवृत्ति समेत दिएको थियो । छात्रवृत्ति पाउनेमा सुजिना परियार र दिनेश तामाङ रहेका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष नवराज बजगाईले राखेका थिए । भने कार्यक्रम संचालन सचिव उपेन्द्र दाहालले गरेको कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, वडा नं. ३ का वडा अध्यक्ष रमेश दाहाल, वडा नं. २ का वडा अध्यक्ष राम प्रसाद घिमिरे, वडा नं. १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, वडा नं ३ का निवर्तमान वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल, पत्रकार लक्ष्मण तिमल्सिना लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा कलाकार कमल दाहाल, मदन बिस्टलगाएत स्थानिय कलाकारहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।