सकियो उपत्यकाव्यापी योग खेलकूद प्रतियोगिता

20180422_174720 (1)
बनेपा,नेपाल योग खेलकूद संघ काभ्रेले उपत्यकाव्यापी योग खेलकूद प्रतियोगिता सम्पन्न गरेको छ । काभ्रेको बनेपास्थित काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लिको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा विभिन्न उमेर समूहमा विभाजन गरि प्रतियोगिता गराईएको थियो ।
विजेता खेलाडीहरुलाई ट्रफि, प्रमाण पत्र तथा नगद सम्मान गर्दै युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले योग खेलकूदको विकासमा आफुले सकेको सहयोग गर्ने बचतबद्धता व्यक्त गर्नुभयो । साथै आफुले योग खेलकूदका लागि रकारको तर्फबाट आवश्यक सहयोग गर्ने पनि बताउनु भयो । कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले योग हरेक व्यक्तिले गर्न सक्ने, कुनै उमेर समूहले नछेक्ने हुँदा यसको विकासमा राज्यले सहयोग गर्ने बताउँदै आफुले योग खेलकूदको विकासमा अग्रसरता लिने बताउनुभयो ।
दुई दिनसम्म चलेको प्रतियोगितामा ११ देखि १७ वर्षसम्मको उमेर समुह पुरुषमा काभ्रेका किरण न्यौपाने प्रथम हुँदा सोही उमेर समुहमा काठमाडौंका कविराज दंगाल द्धितिय भए । सोही उमेर समुहमा महिलातर्फ करिष्मा घिमिरे प्रथम र तुलसी महासेठ द्धितिय भईन् । सोही उमेर समुह अन्तर्गत पुरुष समुह तर्फबाट पुसत्य घिमिरे, मनिष श्रेष्ठ र विजय जिसी हुँदा महिलातर्फबाट करिष्मा घिमिरे, सपना महासेठ र तुलसी महासेठले टोली प्रथम भयो ।
त्यस्तै १८ देखि ४८ वर्ष उमेर समुहमा एकल पुरुषतर्फ गम्भिर श्रेष्ठ प्रथम हुँदा सोही उमेर समुहमा एकल महिलातर्फ रमा कार्की प्रथम भईन् । सोही उमेर समूह अन्तर्गत समुह पुरुषमा महेन्द्र राई, न्हुछेराम मानन्धर र प्रवास थापा मगर प्रथम भए । सोही उमेर समुहको महिला समूहतर्फबाट रमा कार्की। अम्बिका पोखरेल र लक्ष्मी भण्डारीको समुह प्रथम भयो ।
त्यस्तै ५० भन्द बढी उमेर समुहमा पुरुष तर्फ एकलबाट कृष्ण प्रसाद नराल प्रथम हुँदा सोही उमेर समुहमा महिला एकल तर्फ अष्टलक्ष्मी श्रेष्ठ प्रथम भईन् । प्रतियोगितामा उपत्यकाव्यापी योगीको किरण न्यौपानेले चुमे भने उपत्यकाव्यापी योगीनीको उपाधी करिष्मा घिमिरेले चुमिन् ।
दुई दिनसम्म चलेको कार्यक्रममा नेपाल योग खेलकूद संघ काभ्रेका अध्यक्ष पूर्णचन्द्र सिग्देलले जिल्ला समिति गठन भएको छ महिना पनि नपुग्दै योग खेलकूद संघ काभ्रेले उपत्यकाव्यापी योग खेलकूद गर्न सकेकोमा केन्द्रीय संघलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरु आयोजना गरि योगलाई विस्तार गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *