
पाँचखाल,विजया दशमी तथा शुभ दिपावलिको अवसरमा माँ गोल्मादेबी युबा क्लबले आयोजना गरेको अन्डर १६ फुटबल प्रतियोगिताको फाईनल खेल हिजो सम्पन्न भएको छ ।
माँ गोल्मादेबी युबा क्लब लामिडाडा र भिमटार युबा क्लब, भिमटार सिन्धुपाल्चोक बिच भएको रोमान्चक खेलमा भिमटार युबा क्लब २–० ले बिजयी भएको छ । प्रतियोगितामा भिमटारको लागि दिप बहादुर दनुवारले दुबै गोल हानेका थिए । कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले काभ्रे जिल्ला सचिवालय सदस्य तथा मोर्चा प्रमुख कन्चन अधिकारीले बिजेता र उपबिजेता टोलिलाई ट्रफि र पुरस्कार वितरण गरेका थिए । क्लबका अध्यक्ष भुपेन्द्र सिह जोशीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन प्रताब लामाले गरेका थिए ।