
अनलाइन संचालकको भेलाले राष्ट्रिय अनलाईन संचालक तथा पत्रकार संघ गठन गरेको छ । काठमाडौंमा भएको भेलाले आशाका किरणका प्रमुख सुदर्शन बजगाईलाई अध्यक्ष, फेवा टाईम्सका संचालक नवराज भण्डारी लाई उपाध्यक्ष,अनलाइनपानाका नारायण अधिकारीलाई महासचिव,समाजको आवाजका राजु बस्नेतलाई कोषाध्यक्ष,समग्र नेपालकी संचालक अप्सरा गौतम सचिब र पलपलको डट कमका फणीराज अधिकारीलाई सह-कोषाध्यक्ष र सदश्यहरुमा राम्रो सन्देश डट कमका पुरुषोत्तम ओझा, कृषि अनलाइनका बैकुण्ठ भण्डारी,के-के छ डट कमका प्रकाश धिताल,खबर सम्पुर्णका लालकुमार बराल , रेडियो छाहारीका रमेश बस्नेत, मेगा न्युज अनलाइनका प्रेम गुरागाई,एजुकेसन रेजका पुन्य पुडासैनी गरेर १३ सदस्यीय तदर्थ समिति गठन भएको छ । मोफसलका साना अनलाइनका संचालक एवम पत्रकारको हितमा संस्था कृयाशिल हुने नवगठित संस्थाका अध्यक्ष सुदर्शन बजगाईले बताए । संस्थाको दर्ता प्रक्रिया चाँडै अघि बड्ने उपाध्यक्ष नवराज भण्डारीले जानकारी दिए ।