स्वर्ण महोत्सवको तयारी तिब्र

Sahakari Add

बनेपा,चैत्र २५ देखि २९ सम्म हुने सहकारी स्वर्ण महोत्सवको तयारीलाई जिल्ला सहकारी संघ लि.ले तीव्र बनाएको छ ।
जिल्ला सहकारी संघ लि.को आयोजनामा हुँदै गरेको महोत्सवको तयारीमा संघ लगायत अन्य सहकारीहरु पनि सक्रियताका साथ जुटिरहेका छन् । यसैबिच संघले सहकारी महोत्सवलाई व्यवस्थित र सफल बनाउन २ सय ५१ सदस्यीय मूल समारोह निर्माण गरेसँगै मनोनयन गर्नुपर्ने संस्था र व्यक्तिहरुलाई मनोनयन गर्ने कार्य सम्पन्न गरेको छ । मूल समारोह समितिमा मनोनित सहकारी तथा विभिन्न सहकारी आन्दोलनमा नेतृत्वदायि भूमिका निर्बाह गर्दै आएका ब्यक्तित्वहरुलाई मूल समारोह समितिमा मनोनयन गरिएको मूल समारोहका अध्यक्ष विनोद पराजुलीले बताए । सहकारी महोत्सवलाई भब्य र सब्य रुपमा सम्पन्न गर्नका लागि गठन भएको प्रचार प्रसार समितिको बैठक पनि सम्पन्न भएको छ । ७ सदस्यीय उक्त समितिले जिल्लाका बनेपा, पनौती, कुशादेवी, धुलिखेल, नाला, साँगा,पाँचखाल, भकुण्डेबेशि, कुन्ता लगायतका क्षेत्रमा सहकारीकर्मीहरुकै सक्रियतामा प्रचार प्रसारका लागि ठूला ब्यानर मूख्य सडकहरुमा राख्ने जिम्मा लगाउने निर्णय गरेको छ ।

प्रचार प्रसार समितिका संयोजक दिलिप शर्माका अनुसार उक्त कार्यको कुशादेवी, र्याले तथा पाँचखालबाट सुरु भइ सकेको छ । साथै प्रचार प्रसारका लागि काभ्रे बस व्यवसायि संघ तथा काभ्रे मिनिवस व्यवसायि संघलाई काठमाण्डौ चल्ने बसहरुमा प्रचार प्रसारका सामग्रीहरु राख्ने निर्णय गरेको शर्माले जानकारी दिए । बैठकले जिल्लामा रहेका सबै एफ. एम. पत्रपत्रिका, अनलाईनहरुलाई समावेश गरी प्रचार प्रसार गर्ने र जिंगल तयार गर्दै बजारहरुमा सबैको सहभागिताका लागि आह्वान गर्ने निर्णय गरेको छ । त्यस्तै आर्थिक व्यवस्थापन समितिको तयारी बैठक बसेको छ । विशेषतः महोत्सव सम्पन्न गर्न आवश्यक आर्थिक संकलन गर्ने र कार्यक्रमको लागि सह–आयोजक, प्रायोजकका रुपमा समावेश गर्ने तरीकाहरु तथा बिषयगत संघ, प्रारम्भिक सहकारी संस्था, ब्यक्तिगत दाताहरुसँग अनुरोध गर्दै आर्थिक सहायताको प्रयास गर्ने बिषयमा विभिन्न निर्णयहरु भएको आर्थिक व्यवस्थापन समितिका संयोजक ठाकुरनाथ अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *