जिल्लाको आर्थिक गणना हुँदै

 

धुलिखेल,काभे्र जिल्लामा पनि आर्थिक गणना गर्ने तयारी गरिएको बताइएको छ । प्रथम राष्ट्रिय आर्थिक गणना वि.स. २०७५ सालमा हुदैछ । यो आर्थिक गणना, कृषि गणना जस्तै विशेष तथा आवधिक रुपमा सम्पन्न गरिने र देश व्यापी कार्यक्रम भएको भन्दै हरेक ५÷५ वर्षमा राष्ट्रिय आर्थिक गणना सञ्चालन गरिने लक्ष्य रहेको बताइएको छ । यो गणनाबाट मुलुकको दिगो विकासका लागि आवश्यक पर्ने आधारभूत आर्थिक तथ्याङ्क प्राप्त हुने पनि बताइएको छ । राष्ट्रिय गणना जिल्लाको तह तहमा पुगेर गरिने ं बिहीबार जिल्ला तथ्याङ्क कार्यालय काभ्रेले एक विज्ञप्ती जारी गरी बताएको हो । विज्ञप्तीमा भनिएको छ, मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको परिप्रेक्ष्यमा आर्थिक गणनाबाट प्राप्त तथ्याङ्क राज्य पुनः संरचना पछिको आर्थिक विकासको लागि भरपर्दो आधार तय हुनेछ ।
कार्यक्रममा देशको सम्पूर्ण भूभागभित्र सञ्चालनमा रहेका सबै आर्थिक एकाईहरुको तथ्याङ्कीय विवरण संकलन हुने र यसबाट अन्तराष्ट्रिय औधोगिक वर्गीकरणमा उल्लेख गरिएका केही खण्डका जस्तै कृषि, वन र मत्स्य क्रियाकलापहरु, सार्वजनिक प्रशासन जस्ता क्रियाकलापहरु बाहेक अन्य खण्डमा उल्लेखित सम्पूर्ण व्यवसायिक क्रियाकलापहरुको एकै सन्र्दभ अवधिमा पूर्ण गणना गरिन्छ । क्रियाशील रहेका सबै व्यावसायिक आर्थिक एकाइहरु (वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने प्रतिष्ठान÷व्यवसायहरु) मा पुगी गणनाको लागि निर्धारत प्रक्रिया अनुसार निर्धा्रित समय भित्र ती आर्थिक एकाइहरुको विवरण संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवं वितरण गर्ने समष्टिगत प्रक्रियाहरुलाई आर्थिक गणना भनिदै आएको उल्लेख छ । सम्बन्धित क्षेत्रका व्यावसायीहरु र प्राज्ञिक अनुसन्धानकर्ता र अन्य तथ्याङ्क प्रयोगकर्ताहरुलाई क्रमशः व्यवसाय समृद्धिको लागि नीति र योजना गर्न अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने तथ्याङ्कहरु उपलब्ध गराउने लगायतका योजना रहेको र स्थलगत तथ्याङ्कहरु संकलनको लागि २०७४ साल चैत १ गते हरेक जिल्लामा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी राष्ट्रिय आर्थिक गणना कार्यालय स्थापना गरी राष्ट्रिय आर्थिक गणना २०७५ का लागि २०७५ साल वैशाख १ बाट कर्मचारी स्थलगत तथ्याङ्क संकलनको लागि खटाइने स्थलगत गणनाको अवधि २०७५ साल बैशाख १ देखि जेष्ठ मसान्तसम्म करिब २ महिना हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *