मण्डनदेउपुर नपाले पायो एम्बुलेन्स

37893742_2087584357983382_870650210894741504_n 37904014_2087584587983359_6891089458075009024_n
बनेपा,जिल्लाको पछिल्लो नगरपालिका मण्डनदेउपुर नगरपालिकालाई नेपाल चीन हिमालय मैत्री समाजले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उप एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव र चिनियाँ राजदुत यु होङ्गले संयुक्त रुपमा नगरका मेयर टोकबहादुर वाइबालाई साँचो र बिलबुक हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सबै नागरिकले आधारभुत रुपमा स्वास्थ्य सेवा पाउने गरी स्वास्थ्य क्षेत्रलाई विस्तार गर्न लागिएको बताए । सबै स्थानीय तहमा १५ शैयाको अस्पताल सेवा स्थानीय सरकार आफैले संचालन गर्ने, जिल्ला र क्षेत्रिय अस्पतालहरु प्रदेश सरकारले संचालन गर्ने र संघ सरकारले धेरै शैया भएका अस्पतालहरुको ब्यवस्थापन गर्ने गरी तयारी भएको बताए । उपप्रधानमन्त्री यादवले चीन सरकारले नेपाली नागरिकहरुका लागि उपलब्ध गराएका एम्बुलेन्सहरुले नेपालमा विरामी भई उपचारका लागि छट्टपट्टिएका विरामीहरुले सेवा पाउने विश्वास दिलाए । कार्यक्रममा बोल्दै नेपालका लागि चीनकी राजदुत यु होङ्गले नेपाल सरकारलाई स्वास्थ्य लगायतका अन्य क्षेत्रमा सहयोग गर्न चीन सरकार तयार रहेको बताईन् । चीन सरकारले सडक, संचार लगायतका क्षेत्रमा कनेक्टिभिटी जोड्न लागेकाले नेपालका लागि आवश्यक पर्ने हरेक सहयोग गर्न चीन तत्पर रहेको बताईन् । मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवाले ग्रामीण भेगमा रहेको नगरपालिकालाई प्राप्त एम्बुलेन्सको सही सदुपयोग हुने बताए । नागरिकहरुको सेवाका लागि नगर जहिले पनि लागिपर्ने भन्दै एम्बुलेन्स दिएकोमा दातृ निकायलाई उनले धन्यवाद समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *