स्थानिय तहमा सडक विकास सगँसगै विनाश पनि-होमेन्द्र राना,महाभारत

38085054_1853432508056939_68800570013515776_n
स्थानिय तहमा हाल जथाभावि निर्माण गरेको सडक जोखिमपुर्ण बन्दै गएको छ गाँउ गाँउमा जताततै निमार्ण भएका सडकका कारण बिकास सगसगै विनास र जोखिम पनि बढेको हो ।
प्राविधिक अनुगमण र उचित सरसल्लाह विनानै जथाभावि सडक निर्माण गरिदा जोखिम बढिरहेको छ । सडक विकासको एउटा महत्व पुर्ण पुर्वाधार हो त्यसैले स्थानिय तहको पहिलो आवश्यकता पनि हो सडक तर आवश्यकता भन्दैमा जथाभावि खुल्ला रुपले सडक निमार्ण गरिदा भविश्यमा त्यसले प्राकृतिक विपद् सगसगै अन्य विकराल जोखिमको सामना गर्नु पर्ने स्थानियहरुले बताउदै आएको छ । सडक निमार्ण जस्तो कार्य गर्दा वातावरणीय विनाशलाई पनि ध्यानमा राखि दिगोरुपमा सेवा लिन सकिने गरी सडक निमार्ण गरिनु पर्ने महाभारत बासीको बुभाई रहेको छ ।
हाल स्थानिय स्तरमा निर्माण भै रहेको सडक खन्ने कार्यले भविश्यमा भौगोलिक विनास , प्राकृती प्रकोप र विपदको मुल्याकन गरिएको छैन । जथाभावी सडक खन्ने कार्यले तिव्रता लिएपछि महाभारत गाँउ पालिकामा धेरै बनजगलको विनाश, पानीको मुहान सुक्ने पहिरोको जोखीम जस्ता वातावरणीय समस्या उत्पन्न भएको छ । भुकम्पले हल्लाएको पहाडहरुमा ठुला ठुला स्काईभेटर मेसिनहरु प्रयोग गरी कार्य गर्दा भौगर्रभिक धरातलहरु थर्कने पृथ्वीको सतहमा हेभी मेसिनहरु प्रयोग गर्दा पहाडको सतहनै कमजोर भै थर्किने पहाडनै भत्कने पहिरो जाने जस्ता समस्या सृजना भएको सडक निर्माण उपभोक्ता समितिका सचिव हस्त बहादुर दलार्मी मगरले जानकारी दिनुभयो । सडक निर्माणले गर्दा पर्यावरणीय र वातावरणीय असरको मुल्याकन र भविश्यमा यसले पार्ने दिर्घकालिन असरबारे हाल गाँउ गाँउमा निमार्ण गरिने सडकले भविश्यमा पार्ने असरबारे बताउने चलन नभएकै कारण जोखिम रहेको स्थानिय तहका जन प्ररतिनिधीहरुले समेत स्विकारेका छन् ।
पछिल्लो समयमा स्थानिय तहको धेरै जसो बजेट सडक निर्माण र सडक स्तरउन्नती जस्ता शिर्षकमा केन्द्रीत भई प्राथमिकतामा राखेर खर्च गर्ने र छुट्याउने गर्ने गरेको छ । वास्तवमा सडक निमार्णलाई प्रथमीकतामा राखेर काम गर्नु सकारात्मक भएता पनि प्राविधिक स्टिमेन्ट, उचित स्थानिय सगँको सरसल्लाह र त्यसले भविश्यमा वातावरणमा पर्ने असर, वनजंगल विनाश , पानीको स्रोत सुक्ने , पहिरो, बस्ती जोखिम नहोस् भनेर बुझन जरुर देखिन्छ । दिर्घकालिन रुपमा हुने असरको बारेमा जानकारी विना जथाभावि सडक बनाउने भन्दै पहाडमा बस्तीमुनी ठुलाठुला हेभी मेशिनहरुको प्रयोग गर्न नहुने महाभारत गाँउ पालिका ८ घर्तिछापका वडा अध्यक्ष टंक बहादुर आलेको तर्क रहेको छ ।
विकासको नाममा जथाभावी उपभोक्ताा निमार्ण समिति गठन गर्ने , आर्थिक पारदर्शी होस् रकम हिनामिना नहोस् भनेर नियमन गर्ने निकाय स्थानिय तहले नै बजेट विनियोजन गरेर सडक निमार्ण गरिरहेकोले त्यसको अनुगमण र मुल्याकन पनि जन प्रतिनिधीहरुले नै गर्ने गरेको छ । सडक निमार्ण गरिदा उचित लागत स्टिमेन्ट र त्यसले दिने वर्तमान अवश्थाको सेवामात्र नभै दिर्घकालिन रुपमा दिगोपन हुन सक्छ कि सक्दैन र यसको सकारत्मक र नकात्मक असर के कस्तो रहन्छ त भन्ने तिरपनि अध्यान गरिनु पर्ने हुन्छ । महाभारत गाउँ पालिकामा ८ वटा वडा रहेको छन् ति सबै वडाहरुले नै सडक निमार्णलाई पहिलो प्रथमिकतामा रखेर काम गरि रहेको छन् ।
वडाको प्रत्येक टोल बस्तीमा सडक विस्तार गर्ने भन्दै गाउँ ,टोल ,बस्ती र समुदायमा जनप्रतिनिधीहरुले सडकलाई बजेट विनियोजन गरेर सडक खनिरहेको छ । हाल महाभारत गाउँ पालिकामा स्काईभेटर अपरेटर , वडा सदस्य प्रतिनिधी , उपभोक्ता समितिका सदस्यहरु भएर वडाको बस्ती बस्तीमा सडक खन्ने काम भएको छ । वातावरणीय प्रभाव , बस्ती जोखीम , पानीको स्रोत र बनजंगल संरक्षणको बारेमा मुल्याकंन नगरी जथाभावी सडक खन्ने कार्य गर्दा भविश्यमा समस्या उत्पन्न हुन सक्ने स्थानिय शिक्षक ईन्द्र थापाले जानकारी दिनु भयो । प्राविधिक दृष्ट्रिकोणले बाटो खोल्न दिएको महाभारत गाउँ पालिका ४ महादेवटारबाट खोलाघारी हुदै देविटार जोड्ने सडक खण्डमा खोलाघारी भन्ने स्थानमा स्काईभेटर प्रयोग गरी बाटो बनाउदा पहाडनै थर्केर झर्ने स्थिती भए पछि उक्त स्थानमा सडक बनाउन नै बन्द गरिएको उपभोक्ता समितिका सचिव हस्त दलार्मी मगरले जानकारी दिनुभयो । हाल खोलीएको सडकहरु बढि मोड , ठाडो बाटो , उकालो हुने भएकोले पनि दिर्घकालिन रुपमा सेवा दिन नसक्ने स्थानियहरुको जवाफ छ । सडक बनाउदा कुनै ठाँउको बस्ती नै पहिरोको जोखीममा रहेको कुनै ठाँउमा बर्षौ देखी उपभोग गर्दै आईरहेको पानीको स्रोत सुक्ने , वन जंगल विनाश जस्ता कार्यहरु बढ्दै गईरहेकोले यसले विनाश न निम्त्याउला भन्न सकिदैन त्यसैले यस तर्फ पनि संबन्धित सरोकारवाला निकायहरुले समयमै ध्यान दिनु आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *