कोशीपारी र बेथानचोक जान निःशुल्क बस

बनेपा – उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द हुने भए पछि गाउँ फर्कन चाहनेहरुका लागि नेकपा भुम्लु गाउँ कमिटी, बेथान्चोक जेसिज लगायतले निशुल्क बस सेवाको ब्यवस्था गरेका छन् ।

काभ्रेको कोशिपारी जान चाहनेहरुका निशुल्क काठमाडौं – भुम्लु गाउँपालिकासम्म यातायात ब्यवस्था गरिएको हो । उक्त सेवाले कोशिपारीको चौरीदेउराली गाउँपालिका जानेहरुका लागि पनि सहज भएको छ । बिश्वब्यापी फैलिएको कोभिड १९ प्रभाबलाई रोक्न शहरबाट गाउँ फर्कन चाहनेहरुका लागि उक्त सेवा शुरु गरिएको जिल्ला समन्वय समिति सदस्य एवं नेकपा भुम्लु गाउँपालिका कमिटीका संयोजक प्रेम लामाले बताए । काठमाडौको जडिबुटीबाट उक्त सेवा शुरु भईरहेको छ । दिउसो ३ बजे, विहान ११ बजे ५ वटा बस जानेछन् ।

त्यस्तै बेथान्चोक जेसिजले बनेपाबाट प्रत्येक दूई दुई घण्टाको फरकमा बस सेवा शुरु गरेको छ । गाउँपालिका वडा अध्यक्ष भगवान घिमीरेले बसमा यात्रा गर्ने यात्रुहरुको स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मीहरुको टोली र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएका छन । बनेपाबाट विहान ८, १० दिउसो १२, २ र ४ बजे बस छुट्ने छ भने आउँदा जाँदा नै निशुल्क सेवा उपलब्ध गराईएको जेसिज अध्यक्ष राजेश तिमल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *