नेविसंघले बाँड्यो मास्क

बनेपा – नेपाल विद्यार्थी संघ काभ्रेले कोरोना भाइरसको संक्रमणबाट विद्यार्थीहरुलाई सुरक्षित बनाउन सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई मास्क वितरण गरेको छ ।
सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई एक हजार ५ सय ५० मास्क बाँडेको नेविसंघका अध्यक्ष नृपेश बादेले जानकारी दिए । बादेका अनुसार बनेपाको आजाद माध्यमिक विद्यालयमा तीन सय, शिक्षा सदन माध्यमिक विद्यालयमा चार सय, हिमालयमा मा.वि.मा ३ सय ५० र चैतन्य मा.वि.मा चार सय र काभ्रे बहिरा विद्यालयमा एक सय वटा मास्क बाँडेको छ । जिल्लाभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई मास्क बाँडने अभियानमा रहेको तर नपाएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *