नेतृत्वको फैसला महाधिवेशनले गर्छ–ज्ञवाली, नेतृत्वले कमन्डलु बोक्ने कि, कमान्डर बन्ने ?–बाँस्कोटा

बनेपा÷नेकपाका नेता एंव परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पार्टी भित्रबाटै असहयोगका बाबजुद सरकार सफल भएको दाबी गर्नुभएको छ ।
शनिबार बनेपामा मदन भण्डारी फाउण्डेशनको जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्रि ज्ञवालीले केपी ओली नेतृत्वको सरकारलाई नेकपाकै नेताहरुबाट असहयोग भएको बताउदै असहयोगका बिचमा समेत सरकारले निरन्तर सफलता हात पारेको बताउनुभयो ।
कोरोनाविरुद्धको लडाईँमा सरकारलाई साथ दिनुको साटो राजीनामा माग्ने, बैठकमा कस्तो कुर्सीमा को बस्यो भन्ने जस्ता विषय उठाउँदा जनतामा निराशा हुँदै गएको बताउदै उहाँले एकताबद्ध भएर हालै नक्सामा समेटिएको नेपाली भूभाग फर्काउनुपर्नेमा जोड दिदै भन्नुभयो–‘मित्रराष्ट्र भारतसँग एकताबद्ध भएर वार्ताको टेबुलबाट तथ्य, प्रमाणहरू सबै राखेर आफ्नो स्वामित्वलाई फर्काउनुपर्नेछ ।’ ज्ञवालीले धेरै वर्ष पार्टीको नेतृत्वमा रहँदा गर्न नसकेको काम दुई वर्षमा हुन नसक्ने भएकाले नेतृत्व परिवर्तन र प्रधानमन्त्री पदका लागि महाधिबेशन र निर्वाचन पर्खन नेताहरुलाई अनुरोध गर्नु भयो ।
मन्त्री ज्ञवालीले सरकारको नेतृत्व छाड्नु पर्ने गरी केपी ओली नेतृत्वको सरकारले कुनै अपराध नगरेकाले मुलुकलाई अस्थिरता तर्फ नलैजान अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरुलाई अनुरोध गर्नु भयो । नेपालको नक्सा जारी गरेकै आधारमा राजिनामा दिनु पर्ने हो कि ? अरु कुनै अपराध ग¥यो ? मन्त्री ज्ञवालीले भन्नुभयो–‘नक्सा जारी गर्न रहर भएकाहरुले यस अघि नेतृत्वमा हुँदा किन नगरेको ?’
प्रतिपक्ष भन्दा चर्को विरोध संसदमा कसले गर्छ देख्नुभएकै छ– उहाँले भन्नुभयो–नेकपाका दोस्रो पुस्ताका नेताहरु पनि ६० वर्ष नाघेका तर्क गर्दै पार्टी नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्छ ।’ ‘नेपाली जनताले संघर्ष गरेर ल्याएको क्रान्तीको रक्षा गर्न कम्युनिष्ट पार्टीहरु एक भएका हुन् त्यसैले जनताको क्रान्त्रिको सम्मान गर्नको लागी पार्टी जस्तो हुनुपर्छ’ मन्त्री ज्ञवालीले भन्नुभयो । पार्टी विचार र नेतृत्वको फैसला पार्टी महाधिवेशनले गर्छ । ज्ञवालीले थप्नुभयो, ‘पार्टी एकताको लक्ष्य के थियो ? अब के हुन्छ ? सधै साना–साना विषयमा सरकारलाई प्रतिपक्ष जस्तो बनाएर नेकपा कै नेता लाग्न मिल्छ’ उहाँले भन्नुभयो । तत्कालीन एमाले र माओवादीबिचको नयाँ आयाम त छायो तर सुरक्षित ढंगले गन्तव्यमा कसरी पु¥याउने भन्ने विषय मुख्य बन्न पुगेको मन्त्रि ज्ञवालीले बताउनुभयो ।
मदन भण्डारीको विचार जुगौं जुग सम्म बाच्छ, अरुले के भने भन्ने कुरा हामीलाई कुनै मतलव भएन् तर मदनको विषयमा विश्व कम्युनिष्ट आन्दोलनको नयाँ सिरा मात्रै होईन् यो नेपाली माटोको एउटा विचार पनि भएकाले यो जबज कुनै पनि हालतमा नेकपाले छाड्न नमिल्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा बागमतीका सचिव एवं पुर्व मन्त्री आनन्द पोखरेलले पार्टी भित्र देखिएको विवाद कुनै विचारको नभई पदका लागि भएकाले जनता र कार्यकर्तालाई निराश नपार्न नेताहरुलाई अनुरोध गर्नु भयो । पोखरेले केपी ओली विरुद्व संगठित रुपमा पार्टी नेता लाग्नु दुखत भएकोे भन्दै आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो ‘इतिहातसमा भारतीय सत्ता विरुद्व, ज्यादती विरुद्व लाग्ने कोही छ भने, केपी ओलीको सरकार छ । अरुले विरोध गरेर अल्पमत र बहुमतको खेलमा परेर अगाडी लाग्न मिल्छ ? आफू लोकप्रिय काम गर्न नसक्ने अनि ओलीले गरेको लोकप्रिय कामबाट कतै हराउने हो की भनेर डराउने भन्दै उहाँले नडराउन सबैलाई अनुरोध गर्नुभयो ।
नेकपा केन्द्रिय सदस्य, काभ्रे ईञ्चार्ज एवं पुर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले अध्यक्ष प्रचण्डलाई क्रमभंगताका नाममा पार्टीलाई दुर्घटनामा नलैजान चेतावनी दिनुभयो ।

सहमति, सहकार्य, सह अस्तित्व, सुदृढ एकता, सुस्पष्ट एकता र हार्दिकता सहितको एकता नभए सँगै जान नसकिने स्पष्ट पार्दै सति जान नसकिने बताउनु भयो । ‘पार्टी नेतृत्व कमन्डलु बोक्ने कि ? कमान्डर बन्ने ?’ बाँस्कोटाले भने, ‘पार्टी सिध्याएर कमण्डलु बोक्ने वा पार्टी बलियो बनाएर कमान्डर बन्ने ? म चेतावनी दिन चाहन्छु पार्टी भत्काउने भए किन बनाएको ?’ उहाँले नेतृत्वलाई पार्टी एकता विरुद्व नलाग्न चेतावनी समेत दिनुभयो । मेरो चेतावनी अध्यक्ष प्रचण्डलाई पनि हो ओलीलाई पनि हो, पार्टी भत्काउने भए किन बनाएको ? के को नाटक हो ?
छोराछोरी जन्माएपछि हुर्काउने दायित्व हुुने भन्दै हत्या गर्ने अधिकार नभएको बताउँदै छोराछोरीको हत्या गरिए सजाँए भोग्न तयार हुनुपर्ने बाँस्कोटाले बताउनु भयो । अब चैत्रसम्म महाधिवेशन गरौ उहाँले भन्नुभयो, ‘महाधिवेशनले जे फैसला गर्छ त्यो स्विकार गरौ, अरु लफडा नगरौं । उहाँले थप्नुभयो कि त चटक्क छुट्टिए हुन्छ, होईन भने, मिलेर अगाडी बढौ, कसैलाई ३० वर्ष अध्यक्ष भएपनि नपुग्ने कसैलाई १५ वर्ष पार्टी चलाए पनि नपुग्ने अनि अरुले चलाए गुट गरे भन्ने’ उहाँले प्रश्न गर्नुभयो–खुमलटार, कोटेश्वर भेला के हो ? यस्तो बेलामा पार्टीले प्रतिपक्षको भुमिका खेल्ने ? मिल्छ ? ‘इतिहासमा केपी ओली सरकारले गरेको कामबाट जनताले राहत पाएको छ, अब नाका बन्दी पुरै बन्द भयो आफ्नो नक्सा आफ्नै बन्यो, कोरोना सँग लड्दैछ तर राजीनामा चाहि दिनु नै पर्याे रे कस्तो एजेन्डा हो’ उहाँले प्रश्न गर्नुभयो । पूर्व मन्त्रि बाँस्कोटाले विचार, सिद्वान्त दर्शनले पार्टी निमार्ण हुने भएकाले मदन को विचार बिना नेकपाको विकल्प नभएको बताउनुभयो ।

फाउण्डेशनका सचिव कुमार तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु, प्रदेश सांसदहरु गोमा भुर्तेल, चन्द्र लामा, बसुन्धरा हुमागाई, विद्यार्थी नेता जेनिश लामा लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *