यो ज्यान तिम्रै हो बोलको गित लाई माया गर्दिनु होला -यमकुमार मल्ल

तनहुँ जिल्लाको दमौलीमा जन्मनुभएको गायक यम कुमार मल्ल हाल बनेपा बस्दै आउनु भएको छ । गित गाउन, नाच्न, गेम खेल्न मन पराउने गायक यम कुमार मल्लले भर्खरै मात्र यो ज्यान तिम्रो हो बोलको गित बजारमा ल्याउनु भएको छ । राम्रो सन्देशको पहिलो प्रस्तुतिमा लकडाउन, महामारी माया प्रेम आदि विषय बस्तुमा आधारित गित बजारमा सार्वजनिक भएको छ । गितलाई सबै दर्शक श्रोताले मन पराउने गायक मल्ल बताउछन् । मल्लका धेरै गित निकै चर्चामा पनि रहेका छन । प्रस्तुत छ नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले गायक यम कुमार मल्लसँग गरेको छोटो कुराकानी ।
० तपाईंले हालसालै बजारमा ल्याउनु भएको गित कस्तो खालको गित हो ?
यो विशेष गरि तिजका लागि बनाईएको गित हो । यसमा लकडाउन, कोरोना भाइरसको महामारी अनि माया प्रेमलाई समेटेर गित बजारमा आएको छ ।
० यस गीतले कतिको चर्चा पाउला ?
हालको समय यस्तो छ । यस्तो समय परिस्थिति भए पनि गीत सार्वजनिक गरेका छौँ अब हेर्दै जाऊ कतिको सफलता मिल्छ मैले सकेको मेहनत गरेको छु अब अरु दर्शक श्रोताको हातमा छ ।
० तपाईंले किन यस्तो फरक खालको गीत बजारमा ल्याउनु भयो ?
किन भने दर्शकहरुले पनि समय अनुसार नै गीत संगीत हेर्न रुचाउने र मन पराउने भएकाले मैले यस्तो खाले गीत बजारमा ल्याएको हु । समय र परिस्थिति अनुसार गित बनेको छ ।
० तपाईं गीत संगित क्षेत्रमा कसरी लाग्नु भयो ?
सानै देखि गीत संगीत रेडियोमा सुन्दै गर्दा मलाई पनि रहर हुन्थ्यो र पछि पछि गएर केही साथिहरुसंग भेट भयो त्यस पछि गीत संगीतको कुराकानीले म गीत संगीतमा प्रवेश गर्न पुगे ।
० परिस्थिति यस्तो छ गित बजारमा सार्वजनिक गर्न कतिको गा¥हो भयो ?
गित बजारमा ल्याउनको लागी धेरै गाह्रो भयो । कोरोना भाइरसको महामारी छ गित रेकर्डिङमा , सुटिङमा धेरै समस्याहरु भोग्नु पर्यो ।
० तपाईंको तिज गितमा एउटा पनि महिलाको अभिनय देखिदैन नि, तिज गितमा त महिलाहरु हुनु पर्ने होइन ?
गित रेकर्डिङ देखि लिएर सुटिङ सम्म आइपुग्दा धेरै समस्या अनि गा¥हो भयो । लकडाउन थियो बसहरु चलेका थिएन्न सबै लाई जुटाउन सकिएन । त्यहीँ भएर पनि महिलाहरु नराखिएको हो । अझै त्यसमाथी पनि सामाजिक दुरि कायम गर्नु पर्ने थियो ।
० तपाईंलाई यम कुमार मल्ल भनेर कुन गितले चिनायो ?
मलाई यम कुमार मल्ल भनेर चिनाउने गित तिम्रो रुपको चर्चा हो यो गित लाई धेरै दर्शक श्रोताले धेरै माया गरिदिनु भएको थियो । अरु धेरै गित पनि निकै चलेका थिए दर्शक श्रोताले पनि धेरै माया गरिदिनु भएको थियो ।
० हाल सम्म कति वटा गित बजारमा छ्न ?
मेरो अहिलेसम्म ७ वटा गित बजारमा छन ।
० अब सजिलै पहिलाको परिस्थितिमा फर्कन सक्नु हुन्छ ?
धेरै गा¥हो छ । हेर्दै जाउ कहिले सम्म हुन्छ सकेसम्म पहिलो परिस्थितिमा छिटै जाने कोशिश गर्ने छु । महामारीको अवस्था कस्तो हुन्छ ।
० कस्तो गायक बन्न मन छ ?
सबै दर्शक श्रोताले माया गर्ने सबैले चिन्ने खालको बन्न मन छ ।
० यस क्षेत्र बाट जीवन चल्छ ?
धेरै गा¥हो छ यो क्षेत्र बाट जीवन चल्न पाट टाइम अर्को काम पनि गर्नु पर्छ नत्र भन्न सकिदैन ।
० गित संगीत अलावा के गर्नुहुन्छ ?
ट्राभल एण्ड टुर चलाइरहेको छु । गित संगीतबाट जीवन चलाउन धेरै गा¥हो भएकोले समय मिलाएर गर्ने गरेको छु ।
० भावी योजना ?
मेरो भविष्यको योजना नै एउटा सफल गायक बन्न हो । धेरै मेहनत संघर्ष गर्दै छु कतिको सफल हुन्छु हेर्दै जाउ ।
० अन्तमा………………….. ?
सम्पुर्ण दर्शक श्रोताहरु लाई मेरो गित लाई हेरेर सल्लाह सुझाव दिनु होला ।
माया गरिदिनु होला साथै मेरो भर्खरै मात्र आएको यो ज्यान तिम्रै हो बोलको गित लाई एक चोटि सबैले हेरिदिनु होला भन्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *