बनेपा, नेपाल भुतपुर्व सैनिक संघ काभ्रे जिल्ला समितिले नेपाली कांग्रेस काभ्रेको नवनिर्मित भवन परिसरमा विपी कोईरालाको अर्धकदको शालिक निर्माण गर्ने भएको छ ।
शुक्रबार प्रजातन्त्र सेनानी शिव ‘कंगाल’ले शालिकको शिल्यान्यास गरेका हुन । कंगालले कार्यक्रममा बोल्दै दुई ठुला मुलुकको बीचमा नेपाल भएकाले नेपाललाई धार्मिक आश्थाका आधारमा थिचोमिचो हुन सक्ने भएकाले हिन्दु धर्मको रक्षाका लागि सबै एक हुनु पर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले विपीले मान्दै आउनु भएको राष्ट्रियता, प्रजातन्त्र र समाजबादलाई एकै साथ लिएर हिड्न सके मात्रै मुलुक समृद्ध बन्न सक्ने बताएका थिए । नेपाल भुतपुर्व सैनिक संघ काभ्रेका अध्यक्ष इन्द्रबहादुर दाहालले विपीको विचारलाई ब्यवहारमै कार्यान्वयन गर्न सधै झक्झक्याउने उदेश्यले कांग्रेस कार्यालय परिसरमा शालिक निर्माणको योजना तयार गरी प्रजातन्त्र दिवसको अवसरमा शिल्यान्यास गरिएको बताए । शालिक निर्माणका लागि १७ लाख खर्च हुने इस्टमेट गरिएको उनले बताए । कार्यक्रममा संघका सचिव राजु सिग्देलले शालिक निर्माणका बारेमा गरेका थिए ।