सहकारी संघको रणनीतिक योजना तर्जुमा गोष्ठि

धुलिखेल, जिल्ला सहकारी संघ लि.काभ्रेले सहकारीका गतिविधिहरु सञ्चालन र सहकारी प्रवद्र्धन गर्न आफ्ना क्रियाकलापहरुलाई व्यवस्थित रुपले अगाडि बढाउन २ दिने रणनीतिक योजना तर्जुमा गोष्ठि शनिबार धुलिखेलमा सम्पन्न गरेको छ ।
फागुन ७ गते र ८ गते गरेको गोष्ठिमा राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक सदस्य टेक प्रसाद चौलागाँईको प्रमुख अतिथ्यता रहेको थियो । नव निर्बाचित सञ्चालक समिति, निबर्तमान अध्यक्ष, लेखा सुपरिवेक्षण समिति सहित कर्मचारी समेतको उपस्थितीमा सम्पन्न कार्यक्रममा सहजिकरण योजना निर्माणका क्षेत्रमा बिज्ञता हासिल गर्नुहुने प्रशिक्षक बुद्धिराज तामाङले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथी टेकप्रसाद चौंलागाँईले सहकारीले व्यवस्थित रुपले कार्यहरु गरिरहँदा योजना निर्माण गरी अगाडि बढ्न सजिलो हुने बिचार ब्यक्त गर्नुभएको थियो भने संघका अध्यक्ष दिलिप शर्माले संघलाई व्यवस्थित रुपले अगाडि बढाउन र जिल्लाका सहकारी संस्था र संघहरुको विकास र प्रवद्र्धनका लागि योजना अति महत्वपूर्ण हुने जानकारी सहित सक्रिय सहभागिताका लागि सबैमा आग्रह गर्दै योजना निर्माण सम्पन्न भइसकेपछि आधा काम सम्पन्न हुने र कार्यान्वयनमा दत्तचित्त भई सामुहिक रुपमा लाग्न सबैमा अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संघका सल्लाहकार विनोद पराजुलीले उत्कृष्ट जिल्लाका रुपमा काभ्रेलाई परिचित गराउन सबै जना सहकारीका मूल्य, मान्यताका आधारमा लाग्नुपर्ने बिचार राख्दै आफनो तर्फबाट अभियानमा सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो । २९ जना सहभागिता रहेको उक्त कार्यक्रममा संघका सर्वपक्षिय प्रगती, समिक्षा, जिल्ला सहकारी संघ लि.को सवल पक्ष, अवसर, कमजोरी र चूनौतीको विश्लेषण गर्दै सहकारी संस्थाहरुले गर्न सक्ने व्यवसाय, सहकारी संस्थाहरुको सहभागिता, बचत, ऋणको विश्लेषण, बजार र बजारीकरण जस्ता विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *