पनौती, काभ्रेको पनौति नगरपालिकामा रहेको त्रिवेणीमा १२ वर्षमा लाग्ने मकर मेला आउँदो २०७८ साल माघ महिनाभरी लाग्दै छ । सचितिर्थमा स्नानगरि इन्द्रेश्वर महादेवको दर्शन गरेपछि पाप मोचन हुन्छ भन्ने विश्वासका साथ देशभरबाट लाखौ भक्तजनहरु यो मकर मेलामा तिर्थ आउने गर्छन ।
धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा अब १०महिना पछि १२ वर्षे मकर मेलालाग्दै छ । स्वर्गका राजा ईन्द्रको पाप मोचन भएको पवित्र तिर्थस्थल पनौतिको त्रिवेणी घाटमा लाग्ने मकर मेलामा लाखौ भक्तजनहरु आउने गर्छन । त्रिवेणी घाटमा स्नानगरि इन्द्रेश्वर महादेवको दर्शन गरे पाप मोचनहुने विश्वासका साथ मकरमेलामा देशभरबाट भक्तजनहरु आउने भएकाले पनौति नगरपालिकाले यो तिर्थस्थललाई व्यवस्थित बनाउन ध्यानदिनु पर्ने देखिन्छ ।
पनौति नगरपालिकाले गरेका तयारी र गतिबिधि बारे पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले भन्नुभयो हामीले यसको लागी बजेट नै छुटएर काम सुरु गरिसकेका छौ । सवारी चापलाई ध्यानमा राखेर बैकल्पिक बाटोको निमार्ण भैरहेको छ, भुकम्पले भत्काएका मन्दिर निमार्ण कार्य जारी छ, पुल निमार्ण र मन्दिर सरसफाइको कामपनि भैरहेको जानकारी दिनु भयो ।
पनौतिको तिर्थस्थलको बारे मन्दिरका पुजारी शिव प्रसाद जंगम भन्छन–मिथला देश(जनकपुर)मा गौतम ऋषिको पत्नी अहिल्यालाई स्वर्गका राज ईन्द्रले छल गरि यौन शोषण गरेपछि गौतम ऋषिको श्रापबाट उत्पन्न शरिर भरिको योनि हटाउन स्वर्गका राजा इन्द्र पनौतिको त्रिवेणी तिर्थ आएका थिए । पापबाट मोक्ष पाएर खुशि भएका इन्द्रले नै बनाइदिएको भएर यहाँको मन्दिरको नाम पनि इन्द्रेश्वर महादेव रहेको भनाइ छ । यहाँआएर ध्यान गरे जो केहीको इक्षा चाहाना पुराहुने पुजारी बताउछन्
पनौति युवा मञ्चका अध्यक्ष सौगात बस्नेतले १२ वर्षमालाग्ने मकर मेलालाई सफल बनाउन लागी परिरहेको बताए । नगरपलिका, बिभिन्न संघ सस्थाहरु लाई यस कार्यमा सघाउन गतिबिधि सुरु गर्न अनुरोध गरेका छौ, बाटो, पुल, मन्दिर निमार्णको कार्य सुरु भएको जानकारी दिए ।
त्रिवेणी घाटमा स्वर्गका राजा इन्द्रले समेत १२ दिन तपस्या गरि पापमोचन गरेको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । रोशीबाट आउने लिलावती, बनेपा तिरबाट आउने पुण्यमति र ब्रम्हायणी मन्दिर मुनिबाट आउने रुद्रवती तिन नदि मिलेर त्रिवेणी बनेको छ ।