बनेपा, गत पुष ५ गतेदेखि बन्द रहेको काभ्रेको नेकपा कार्यालय सोमबारबाट नेकपा नेकपा एमालेको जिल्ला कार्यालयको रुपमा खुलेको छ ।
जिल्ला अध्यक्ष अशोक ब्यान्जुको नेतृत्वमा कार्यकर्ताले एमालेको फ्लेक्समा केन्द्रीय अध्यक्ष ओली र जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको फोटो समेत राखेर कार्यालय खोलेका हुन् ।
एमालेको कार्यालय सञ्चालनमा ल्याइएको अध्यक्ष ब्यान्जुले बताए । नेकपा विभाजनपछि पार्टी अध्यक्ष भएका उनी एमाले अघिबेशबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।
गत पुस ५ गते संसद विघटन भएसँगै कार्यालयमा पुर्व एमालेपक्षले तालाबन्दी गरेको थियो । तर, संसद पुनःस्थापनापछि पनि ताला लागेको सो कार्यालय सर्वोच्चको आइतरबारको फैसलासँगै खुलेको हो ।
सर्वोच्चले गत आइतबार नेकपा नामको आधिकारिकता ऋषी कट्टेलाई दिने फैसला गरेलगत्तै ओली र प्रचण्ड–नेपाल समूह पुनः पूर्व एमाले र पूर्व माओवादी केन्द्रमै फर्किने अवस्था आएको थियो ।