सेनापतिबाट मन्दिर निर्माण अबलोकन


पनौति नगरपालिका वार्ड नं. ६ मा रहेको ऐतिहासिक गोखनाथ मन्दिर प्राङ्गणमा गत बर्ष श्रीमद्भागवत सप्ताह लगाई संकलित र भक्तजनको सहयोग रकमले निर्माण सुरु गरिएको पंचधातुबाट निर्मित ९ फिट अग्लो गणेश मुर्ति स्थापना र गणेश पार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाली सेनाका सेनापति महारथि पुर्णचन्द्र थापाबाट निर्माण स्थलमा गई अबलोकन गरि उक्त कार्यको सह्रानिय कार्य भनी प्रसंसा गरि आफ्नो तर्फबाट पनि सकेको सहयोग हुने आश्वासन दिनु भएको छ । सेनापतिलाई स्थानिय ब्यक्तिहरु, निर्माण समितिहरु, भु.पु सैनिक पनौति शाखा, खप्तडि बस्नेत कल्याणकारी कोष काभ्रे, मुडुला कार्कि समाज, बिश्वहिन्दु महासंघ पनौतिका पदाधिकारिहरुले भब्य स्वागत गरेको समितिका प्रमुख रामकुमार बस्नेतले जानकारि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *