एमाले विधि विधानमा चल्ने पाटी हो–नेपाल


बनेपा, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेता नेपालले नेकपा एमाले विधि विधानमा चल्ने पार्टी भएकाले अधिवेशनबाट निर्वाचित पदाधिकारीको पद कसैले खोसेर नखोसिने बताएका छन ।
हिजोे बनेपामा ओयोजित नेकपा एमाले (माधवकुमार नेपाल पक्ष) को बैठकलाई सम्बोधन गर्दै नेपालले पत्रकार महासंघको निर्वाचन र कर्णाली प्रदेशको फ्लोर क्रस केपी ओलीको परिणाम भएको बताए । नेता नेपालले नेकपा एमालेको गत अधिवेशनबाट निर्वाचत १५ जना पदाधिकारीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष भीम रावल, उपमहासचिव, सचिवहरू लगायत १० जना आफ्नो समूहमा रहेको, स्थायी कमिटि र पोलिटव्युरोमा समेत आफ्नो समूह बहुमतमा रहेकाले ओली अल्पमतमा पर्ने भएकाले छलकपटपूर्ण तरिकाले अघि बढेको आरोप लगाए ।

उनले नेकपा एमाले विधि विधानमा चल्ने पार्टी भएकाले अधिवेशनबाट निर्वाचित पदाधिकारीको पद कसैले खोसेर नखोसिने बताए । भेलामा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सभासदद्वय कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा, प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, नेकपा एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाइवा लगायतले बोलेको कार्यक्रम दिपक गौतमले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *