मृत्यु दर बढ्दै, सचेत रहौं


नेपालमा गत २४ घण्टामा थप २,५४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ५५ जनाको कोभिड–१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ८३ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,०९३ पुगेको छ ।
हिजो अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १२,३७८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये ३,३४५ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो ।

अहिले कुल परीक्षणको २०.५८ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ । मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा २,०२९ जना सङ्क्रमणमुक्त भएका छन् । कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ ।

यसैबिच अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या २५ लाख नजिक पुगेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *