वर्षाले दियो सास्ती, एकको मृत्यू


बनेपा, केहि दिनदेखि लगातार परेकोे वर्षाका कारण काभ्रेजिल्लाका बिभिन्न स्थान र अरनिको र बि.पी राजमार्गका सडक खण्डमा आएको पहिरोका कारण सवारी आवगमनमा समस्या भएको छ । भने ढुङ्गाले लाग्दा एक जनाको निधन भएको छ ।
वर्षाका कारण अरनिको राजमार्गको धुलिखेल–पाँचखाल सडक खण्डको विभिन्न स्थान र बि.पी राजमार्गको माम्ती– कटुञ्जे सडक खण्डमा पहिरो जाँदा सवारी आवागमनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
त्यस्तै रोशी गाउँपालिका ७ कटुन्जेस्थित बीपी राजमार्गमाथिबाट खसेको ढुङ्गाले लाग्दा एक जनाको निधन भएको छ ।
जनकपुरबाट आउँदै गरेको ज८प ७४९० नम्बरको मोटरसाइकलमाथि बिहान करिब ९ बजे ढुङ्गा खसेको हो । दुर्घटनामा मोटरसाईकल चालक महोत्तरी रामगोपालपुर घर भएका वर्ष २८ का सरोज कुमार साहको मृत्यु भएको छ भने मोटरसाईकल पछाडि सवार रामानन्धचोकका ३० वर्षका सुमित कुमार साह घाइते भएका छन् । उनीहरुलाई धुलिखेल अस्पताल पु¥याइए पनि डाक्टरले बिहान १०ः३० बजे नै चालक सरोजलाई भने मृत घोषणा गरिदिएका थिए । त्यस्तै, अर्का घाइतेको भने पेट र अनुहारमा चोट लागेको र थप उपचार चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *