बनेपा, गत मंसिर १० मा सकिएको नेपाली काँग्रेस काभ्रेको १४ औँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ जिल्ला कार्य समितिको पदभार ग्रहण शनिबार सम्पन्न भएको छ ।
१४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित तीर्थ लामालाई निवर्तमान सभापति मधु आचार्यले जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । निर्वाचनबाट सभापतिमा तीर्थ लामा १ हजार ६ सय ४६ मत सहित विजयी हुनुभएको थियो भने लामाको प्रतिद्धन्द्धी निवर्तमान जिल्ला उप–सभापति अच्यूत पौडेलले ७ सय ७० मत प्राप्त गर्नुभएको थियो ।
जिल्ला उप–सभापतीमा रमेशप्रसाद हुमागाई र ठाकुरप्रसाद न्यौपाने सचिबमा माधवप्रसाद ढकाल र गुणराज मोक्तान सह–सचिबमा रविन्द्रनाथ सिग्देल, समीर ब्याञ्जु श्रेष्ठ विजयी हुनुभएको थियो ।