फागुन १ गतेदेखि विद्यालय खुल्ने

बनेपा, माघको पहिलो सातादेखि बन्द रहेका विद्यालय फागुन १ गतेदेखि खुल्ने भएका छन । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन सरकालाई सिफारिस गरेको छ ।
सीसीएमसीसीको हिजोको बैठकले विद्यालय खोल्ने निर्णय गर्दै कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको सचिव रामप्रसाद थपलियाले बताए । कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द थिए् ।
पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो । सरोकारवालाहरुले पनि विद्यालय खोल्न सरकारलाई आग्रह गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *