मिस एण्ड मिसेस व्यूटिफुलको प्रशिक्षण जारी


काठमाडौं, मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२२ का लागि छनौट भएमा सहभागीहरुको प्रशिक्षण शुरु भएको छ । बिगत ७ बर्ष देखि हुदै आएको मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२२ का सहभागीहरुको नियमित प्रशिक्षण शुरु मंगलबारदेखि शुरु भएको आयोजक संस्थाका प्रमुख टेकराज पाण्डेले जानकारी दिए ।
चर्चित हांस्यकलाकार किरण केसीको प्रमुख आतिथ्यतामा शुरु भएको प्रशिक्षणको शुरुवातमा कलाकारहरु शुलेमान शंखर इकु, दिपाशा बिसीलगाइतको आतिथ्यता रहेको थियो । प्रशिक्षणमा अडिसन दिएका मध्ये छनौट प्रक्रियामा सफल भएका १५ जना सहभागी रहने छन । कार्यक्रममा मिस व्यूटिफुल नेपाल २०२१ फस्ट रनरअप गीता उप्रेतीको जन्मदिन केक काटेर मनाइएको थियो ।
प्रतियोगीहरुलाई २१ दिनसम्म सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *