जनसंख्या घटेको कि छुटेको ? यस्तो छ काभ्रेको तथ्यांक


बनेपा, राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नतिजा अनुसार अब नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० कायम हुने छ । प्रत्येक १० बर्षमा सरकारले राष्ट्रिय जनगणना गर्ने गरेको छ ।
देशमा शुन्य दशमलव ९३ प्रतिशत जनसंख्या वृद्धिदर हुँदा काभ्रेमा भने केहि घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार काभ्रेको जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९ रहेको छ । २०६८ सालमा जिल्लाको जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ रहेको थियो । यसलाई काभ्रेलीले जनसंख्या घटेको कि छुटेको ? प्रश्न गरेका छन । हुनत जो जहाँ छ तेहि विवरण जोडिने हुदा बसाईको आधारमा यो परिणाम आएको मान्न सकिन्छ ।

जिल्लाको जनसंख्यामा १ लाख ८० हजार ९ सय ६७ पुरुष र १ लाख ८५ हजार ९ सय १२ महिला रहेका छन् । जनगणना २०७८ मा जिल्लामा ८३ हजार ९ सय ३२ घर संख्या कायम भएका छन भने ९३ हजार १ सय ८९ परिवार संख्या छ । साथै १९ हजार ५ सय ७६ जनसख्ंया अनुपस्थित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जसमा १४ हजार ४ सय ६६ पुरुष र ५ हजार १ सय १० महिला रहेका छन् ।
तथ्याङ्क विभागले सार्वजनिक गरेको जिल्लाका १३ वटा स्थानीय तहहरुको तथ्याङ्क अनुसार सबै भन्दा धेरै बनेपा नगरपालिकाको जनसंंख्या ६७ हजार ६ सय २९ रहेको छ । त्यस्तै पनौतीको जनसंख्या ५२ हजार ७८ तथा धुलिखेल नगरपालिकाको ३६ हजार १ सय ८३ जनसंख्या रहेको छ । पाँचखाल नगरपालिकामा ३५ हजार ९ सय ९२ जनसंख्या रहेको छ । मण्डनदेउपुर नगरपालिकामा ३१ हजार २ सय ६१ रहेको छ । नमोबुद्ध नगरपालिकामा २६ हजार २ सय ८० जनसंख्या रहेको छ । बेथान्चोक गाउँपालिकामा १४ हजार ९ सय ९६ पुगेको छ ।
त्यस्तै खानीखोलामा १२ हजार ३ सय ७५ जनसंख्या रहेको छ । महाभारत गाउँपालिकामा १६ हजार १ सय ४८ रहेको छ । भने रोशी गाउँपालिकामा २३ हजार ५ सय ११ र तेमाल गाउँपालिकामा १६ हजार ९ सय ५९ जनसंख्या रहेको छ । चित्रमा हेर्नुस पुरा विवरण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *