भुम्लुको स्थानीय निर्वाचन फेरी एमालेले जित्छ–अध्यक्ष कुँवर

भुम्लु, भुम्लुमा नेकपा एमालेको गाउँ कमिटीको पार्टी कार्यालय उद्घाटन तथा स्थानीय निर्वाचन तयारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच पुर्व मन्त्री गोकुल बाँस्कोटाले कार्यालयको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एमालेका युवा नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले नव प्रवेशी लाई बधाई तथा शुभकामना दिदै टाउकाको मुल्य तोक्ने मान्छेको प्रचण्डले खुट्टा मिच्दै गरेको बताउनु भयो उहाँले प्रचण्डसँग कदापि एकता नहुने बताउनु भयो । नेकपा एमालेले आफनो सरकार भएको बेला धेरै काम गरेको छ । हामी मिडिया बाजी गर्दैनौं उहाँले भन्नुभयो बिनोद चौधरीले चलाउने पत्रीकाले एमालेको कहिले पनि राम्रो न्युज नलेख्ने भन्दै उहाँले पछिल्लो समय मिडिया पार्टीका नेता र कर्याकर्ताले चलाएको बताउनु भयो । उहाँले भुम्लुमा नेकपा एमाले पार्टीका नेता कर्याकर्ताहरु लाई डन भनेर चिनिनेहरुले थर्काउने, तर्साउने काम गरेको भन्दै एमाले लाई निउ नखोज्न जानकारी दिदै यदि त्यस्तो भयो भने ठूलो चुनौती बेहोर्नु पर्ने बताउनु भयो ।
नेपालमा विकास सहितको रुपान्तरण केपी ओली नेतृत्वको सरकारले सुरु गरेको बताउँदै काभ्रेपलाञ्चोक जिल्लामा विद्यालय, स्वास्थ्य संस्था, सडक, खानेपानी, सञ्चार तथा अन्य पूर्वाधारको काममा फड्को मारिसकेको बताउँदै तीन वटा विश्वविद्यालय निर्माणको प्रक्रिया आरम्भ हुनु जिल्लाको समृद्धिको महत्वपूर्ण कार्य भएको बाँस्कोटाले बताउनु भयो ।
बागमती प्रदेश कमिटी सदस्य एवम् भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले आफु निर्वाचित भएर आएपछि सबैभन्दा पहिला गाउँपालिकाको आधारभूत आवश्यकतालाई जोड दिदै पूर्वाधारका कुराहरुमा जोड दिएको बताउनु भयो । उहाँले स्वास्थ्य, शिक्षा, खानेपानी बाटोघाटो र सडकलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै गाउँ टोलमा गएर पहिला कस्तो थियो र अहिले कस्तो भएको छ हेर्न आग्रह गर्नु भयो । २०७२ को भुकम्पले शिक्षा, स्वास्थ्य लगायत धार्मिक र पुरातात्विक संरचनाहरुमा क्षति पु¥याएको थियो । हामी ती क्षतिग्रस्त संरचनाहरुको निर्माण गरेका छौँ । निर्वाचित भएर आइसकेपछि बिद्यालय भवनहरुको पुनः निर्माणमा प्राथमिकतामा राखेर काम गरेका छौं त्यही अनुरुप नयाँ भवन निर्माण भैसकेका छन् भने कति निर्माण हुँदै छन् । गाउँमा भएको विकास तथा परिवर्तन देखेर वैदेशिक रोजगार त्यागेर गाउँमै बाख्रा फर्म सञ्चालन गर्न थालेका छन् । अध्यक्ष कुँवरले वर्षाैंदेखि गाउँको विकास भएन भन्दै बसाई सर्ने सुरसारमा रहेको स्थानीय पनि अब गाउँमै बसेको बताउनु भयो ।

एमाले जिल्ला कमिटी सचिवालय सदस्य प्रेम लामाले स्थानीय देखि लिएर केन्द्रिय स्तर सम्म भएको बिकास निर्माणको उदाहरण दिदै चेहेर पुल निर्माण कार्य, भुम्लुको भिमसेन मन्दिरको निर्माण कार्य सुरु, पक्की सडक, घर घरमा खानेपानी पुर्याउने काम केपि ओली सरकारको पालामा भएको बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, समाजवादी लगायतको पार्टी परित्याग गरि ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशी सम्पूर्ण लाई बाँस्कोटाले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवम् पुर्व राज्य मन्त्री रेशम लामा, बागमती प्रदेशका नेता एवम् सविधानसभा सभासद रामहरि सुवेदी, जिल्ला कमिटी सचीव राजन भुर्तेल, जिल्ला उप–सचीव राजन कुमार सापकोटा, उप–सचिव रिता ढकाल, जिल्ला कमिटी सचिवालय सदस्य नकुल पराजुली, सचिवालय सदस्य राजेन्द्र केसी, सचिवालय सदस्य बिक्रम चौलागाई, जिल्ला कमिटी सदस्य टिकाराम लामा, जिल्ला कमिटी सदस्य कल्पना श्रेष्ठ, युवा संघ केन्द्रिय सदस्य रमेश लामा, जिल्ला कमिटी सदस्य पुर्ण राज चौलागाईं, हेभी इकुमेन्ट संघ केन्द्रिय उपाध्यक्ष महेश कुँवर, कलाकार राजाराजेन्द्र पोखरेल लगाएतको आतिथ्यता रहेको कार्यक्रम भुम्लु गाउँ कमिटीका अध्यक्ष कृष्ण मान लामाको अध्यक्षता र अनिलकुमार बुढाथोकीको सञ्चालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *