स्थानीय निर्वाचन निश्पक्ष र शान्तिपूर्ण हुन्छ-प्रधानमन्त्री


तेमाल, तेमाल गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको शनिबार प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै काँग्रेस सभापति समेत रहेका देउवाले तेमाल गाउँपालिकाले राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो । पालिका अध्यक्ष सलाम सिं तामाङले तेमालको विकासका योजनाहरुमा सहयोग गर्न अपिलपत्र सुनाएपछि देउवाले त्यसमा सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
देउवाले पालिकाको सडक, खानेपानी, स्वास्थ्य लगायतका काममा सरकारको सहयोग रहने बताउनुभएको हो । सरकार स्थानीय तहको निर्वाचनको तयारीमै केन्द्रित रहेको उल्लेख गर्दै उहाँले निश्पक्ष र शान्तिपूर्ण निर्वाचनमा सरकार लागि पर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाको २ करोड ६४ लाख र जिल्ला समन्वय समिति काभ्रेको २ करोड गरी ४ करोड ६४ लाखमा निर्माण सम्पन्न तिन तलाको भवन २०७६ सालमा निर्माण सुरु भई २ बर्ष मै निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्यमान दोङ(लालध्वज)ले काँग्रेससँगको गठबन्धन दिर्घकालिन रुपमा अघि बढ्ने भन्दै गठबन्धन गरेरै स्थानीय तहको चुनावमा जाने स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले तेमालमा तत्कालिन गाविस सभापति सिद्धिमान तामाङले सडक निर्माणको थालनी गरेको उल्लेख गर्दै यसको स्तरउन्नतीका लागि काँग्रेसको पहल सदैव रहेको बताउनु भयो ।
पालिका अध्यक्ष सलाम सिं तामाङले प्रधानमन्त्री देउवालाई तेमाल ह्रेञ्जेन दोर्जे मेच्छेपौवा माम्ती सडक र बोहोरे दोभान ठूलोपर्सेल तित्रेटार सडक कालोपत्रे गर्न, तेमाल सरकारी अस्पताल निर्माण गर्न, कृषि तथा वाली प्रविधि क्याम्पस निर्माण गर्न, तेमालको आर्थिक तथा पर्यटन विकासका लागि भ्यु टावर तथा तामाङ संग्रहालय निर्माण गर्न, तेमालमा ८३ प्रतिशत तामाङ रहेकोमा यहाँ बौद्ध विश्वविद्यालय निर्माण गर्न सहयोग गर्न अपिल पत्रमार्फत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *