गठबन्धनको चुनावी रणनीती, एमालेको बिकासमा प्रभावकारिता-जि एन प्रधान


घुमिफिरी रुम्जाटार भन्ने नेपाली उखान झैँ फेरि पनि प्रत्येक ५÷५वर्षमा आउने स्थानीय निर्वाचनको लागि यही आउँदो २०७९ बैशाख३०गते हुने गरि मिति तोकिसकेको छ । निर्वाचन हुनुलाई जति सुकै प्रतिगामी, प्रतिगमन अथवा प्रती क्रान्तिको संज्ञा दिएपनि निर्वाचनदेखि खुट्टा कमाएकाहरू वा परमादेशी का अवतारहरूलाई निर्वाचनमा जानैपर्ने बाध्यात्मक अवस्था आइ परेको छ, त्यही पनि गठबन्धनको नाममा । एकताका अर्थात २०१५सालको आम निर्वाचनमा दुईतिहाई भन्दाबढी जनमत प्राप्त भएको र २०४८सालको बहुदल प्राप्त पछिको निर्वाचनमा एकल स्पष्ट बहुमत आएको नेपाली काँग्रेसको पार्टी र अहिलेको अवस्थामा देशको दोस्रो ठूलो पार्टी अर्थात सत्तारुढ ५ दलीय गठबन्धन मध्येको सवभन्दा ठूलोदल नेपाली काँग्रेस पार्टी भएको छ । तर पनि नेपाली काँग्रेससमेत मिलेर५दलको गठबन्धन एमाले एक्लैसंग चुनाव लड्ने योजनामा रहेकाछन । नेकपा एमालेका लागि यो अत्यन्त खुशी र गौरवको कुरा हो । २०१५को आमसंसदीय निर्वाचनमा दुइतिहाइ भन्दा बढी,२०४८मा स्पष्ट बहुमत ल्याउन सफल पार्टी अहिले आएर नेकपा ओवादी, तराईवादीपार्टीहरू र एमालेबाटै चोइटिएको माधव नेपाल समूहको पार्टीसंग मिलेर लड्नु पर्ने अवस्थामा पुग्नु भनेको एमालेको उचाइ बढ्नु हो ।
यसबाट वर्तमान गठबन्धन सरकारका समूह जनतादेखि र खासगरी एमालेदेखी कति तर्षित छन, जनता प्रति कति अनबिश्वाशी छन भन्ने प्रमाणित भएको छ । उता एमालेको लोकपृयता कति चुलिएको छ भन्ने स्पष्ट भएको छ । एमालेसंग एक्ला एक्लै चुनावी मैदानमा लड्ने आँट गर्न नसक्नुले पनि एमालेको काँध कति अग्लिएको रहेछ भन्ने प्रमाणित भएको छ ।
यसमा पनि आगामी निर्वाचनमा देशको पहिलो पार्टी बन्छौँ भनी हुटिट्याउँको फुर्ति लगाउन पुगेको काँग्रेसको झर्केलो पार्टी अर्थात माधव नेपाल समूहको नेकपा “एस“ र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले आफ्नो कार्यकर्ता र जनताको बीचमा जति सान्त्वना दिन प्रयास गरिए पनि भित्री मनले भने यसै त्यसै अतालिन पुगेको, हतास मनस्थितिमा पुगेको अनुमान लगाउन सकिन्छ । यसैले पनिअहिले पछिल्लो समयमा आएर कहिले नेपाली काँग्रेस सँग गठबन्धन लाई कायम राखे र अघिबढ्नुपर्नेमा जोड दिईरहेको छ भने अर्को तिर राजनीतिमा सम्भावनाको हरेक खेलहरू हुन्छन भन्दै एमालेसँग पनि चुनावी एकता वा तालमेल हुन सक्छ भन्ने जस्ता अभिब्यक्तिहरू पनि माओवादीका पहिलो श्रेणीका नेताहरूबाटै आउन थालिएको छ । यसलाई नेकपा एमालेले कुन रुपमा लिएको छ औपचारिक रुपमा सुन्न बाँकी छ । राजनीति र खासगरी नेपालको बाम शक्तिलाई बलियो बनाउने सही एवं स्वच्छ भावनामा रहेर सोच्दा यो यथार्थ र सही प्रश्ताव भएपनि गएको राष्ट्रिय निर्वाचनमा प्राप्त भएको जनसमर्थन बाट पनि यसै कुरालाई स्वीकार्नु पर्ने देखिन्छ । तर केपि ओली नेतृत्वको करीव दुई तिहाइको नेकपाको सरकार ढाल्नमा जुन घृणित र फोहरी खेल खेल्न थाले र नेपालका बामपार्टीकै लागि प्रथम राजनीतिक शत्रुको रुपमा रहेको नेपाली काँग्रेसलाई सत्ताको साँचो सुपिन पुगे यो यथार्थलाई हेर्दा नेकपा सिङ्गो पार्टी, स्वयं पार्टी अध्यक्ष केपि ओली र आम एमाले कार्यकर्ता र समर्थकहरू
माओवादीसमेतले गर्न पुगेको अति बेइमानी खेल तथा गद्दारीकार्यलाई यति छिट्टै बिर्षन सक्ने अवस्था छैन । त्यस्तै पद र सत्ताका लागि बिशुद्ध रुपमा घृणित काम गर्न पुगेर एमाले पार्टी कै लागि ऐतिहासिक गदार काम गरेर पार्टी फुटाउन पुगेका माधव नेतृत्वको पार्टी “एस “लाई पनि देशभरीको आफ्नो संगठन हेरेर एमालेसँग चुनावी तालमेल गर्ने मनसाय र बाध्यात्मक अवस्था भए पनि एमालेसँग यो प्रश्ताव अगाडि सार्न सक्ने क्षमता राख्न सक्ने छैन । अहिले फेरि प्रचण्डको माओवादीलाई गएको राष्ट्रिय निर्वाचनमा एमालेसँग मिलेर ल्याएको दोश्रो संख्याको स्वादले झलझली सम्झाए र पनि एमालेसँग पनि तालमेल गर्न सकिन्छ भन्ने लाज पचाहा बोली निकाल्न आँट आएको हुन सकछ । अथवा, नेपाली काँग्रेसलाई यता को हाउगुजी देखाएर ब्याक मेलिङ गर्दै चुनावी तालमेल गर्न बाध्य पार्न खोजेको देख्न सकिन्छ । तर नेपाली काँग्रेसले यो सम्झेको छ कि छैन गएको स्थानिय निर्वाचनमा माओवादीसँग मिलेर वा तालमेल गरेर निर्वाचनमा लड्दा पनि एमालेकै अधिक ठाउँमा बिजय भएको र कतिपय ठाउँका नेपाली काँग्रेसका कार्यकर्ताहरू एवं समर्थकहरूको तीतो असंन्तुष्टिको सम्झना आउँछ आउँदैन त्यो उनिहरूमै निर्भर रहन्छ । हुनत अहिले सत्तामा जाने जन हैसियत नै नभएको नेपाली काँग्रेसलाई सर्वोच्चका न्यायाधिशहरू गुहारेर भए पनि सत्ताको साँचो सुम्पिएको गुण तिर्नको लागि भए पनि यो गठबन्धनसँग तालमेल गर्नुअनिवार्य आवश्यक छ ।

जेहोस, अहिले नेपाली काँग्रेसको एउटा पक्ष तथा शेखर कोइरालाको एउटा धार नेपाली काँग्रेस एक्लै लड्नु पर्छ, कोहिसँग पनि तालमेल गरेर वा गठबन्धनको समूह बनाएर चुनावमा जानू हुन्न, नेपाली काँग्रेसको ईतिहास,पहिचान गुम्नेछ् । निर्वाचन चिन्हको अपमान र आफ्नो स्वाभिमानको दुरुपयोग हुनेछ । श्वाभिमानी, निष्ठावान नेपाली काँग्रेसको छविमा धुमिल आउनेछ । त्यसैले जेजस्तोपरिणाम आएपनि एक्लै लड्नुपर्छ भन्ने मान्यतामा आएको छ भने अर्कोतिर देउवा पक्षको एउटाधार भने यो गठबन्धनलाई कायम राखेर जेजसरी भए पनि गठबन्धन समूहले जित्नुपर्छ, एमालेलाई परास्त गर्नुपर्छ भन्नेमा रहेको छ । यो दुईधारलाई हेर्दा गएको काँग्रेस महाधिवेशनको परिणामले देउवापक्षका ेबहुमत भएकोले पार्टी को सान र प्रतिष्ठा भन्दापनि सत्ताको स्वाद चाख्न पल्किएका देउवाको पक्षले नै बाजि मार्ने छ र गठबन्धनको रुपमा अघिबढ्नेछ भन्नेमा अनुमान लगाउन सकिन्छ । यध्यपी नेकपा एमालेको लागि गठबन्धन भएर जाउन वा एक्ला एक्लै लडुन कुनै फरक पर्ने छैन । मात्र एमालेले बिजय प्राप्तगरेको स्थानिय निकायहरूमा गरिएको कामकार्यहरूलाई हेरेर पनि स्थनीय निर्वाचनमा प्रभाव पार्छ भने अर्को अवको उम्मेदवारहरूको बिगतको छवि, गएको निर्वाचन अर्थात हाल बहालवाला नगरप्रमूखउप– प्रमूखहरूको लोकप्रिय कार्यशैली र बिकासकास निर्माणका कार्यहरू, आर्थिक रुपपमा शुद्दता वा भ्रष्टाचार बिहिन कार्यहरूको साथै जनतहरूमा छाएको सन्तुष्टिमा पनि भर पर्छ । यसमा ध्यान दिन सकिएको अवस्थामा जति सुकै दलको गठबन्धनले पनि केही फरक पार्ने छैन । यतिमात्र हैन भौगोलिक सन्तुलन,जातीय समावेशीता, इमानदारी र लोकपृयब्यक्ती÷ब्यक्तित्व,गुटबन्दिको सून्यता आदिलाई ध्यान दिएर टिकट दिने हो भने र अवसरवादीहरूलाई एककदम पछाडी राखेर अगाडि बढ्ने हो भने पनी एमालेको जितलाई अग्रता कायम गर्न सकिन्छ । आफू हुँदो मापदण्ड बनाउने, धनवाद र डनवादलाई पहिलो प्राथमिकतामा राख्ने हो भने धेरै वर्ष सम्म यसैपार्टीका लागि समर्पित निष्ठावान र त्यागी नेताकार्यकर्ताहरूको मूल्यांकन नगरिएको ठहर्छ, अपमान गरिएको महसुस गर्न पुग्ने छ । कसैलाई वारम्बारको अवसर र सुबिधा,कसैलाई सदैव सेवक मात्र बन्नु पर्ने परिपाटीको अन्त्य हुन आवश्यक छ । यसमा केन्द्र,प्रदेश र स्थानीय तथा जिल्ला तहका नेताहरूबाट गम्भीर भएर ध्यान पुर्याउन आवश्यक छ । आफ्नो लागि मापदण्डन लाग्ने र अरुका लागि मापदण्ड लाग्ने उपल्लो नीतिको अन्य हुन आवश्यक छ । पदपाउन कै लागि घुर्की देखाउने, नवगुटबन्दिको नाइके वा समर्थक बन्ने वा नयाँगुटबन्दीको लागि चलखेल गर्ने राजनीतिका माफियाहरूबाट उतिक्कै चनाखो र सजग रहन आवश्यक छ । जित्छ वा जिताउन सकिन्छ भन्ने नाममा दशकौँ देखिका सकृय र समर्पित निष्ठावानहरूलाई पन्छाएर नवप्रवेशीहरूलाई अगाडिसारेर टिकट दिने कुरामा पनि सोच्न जरुरी छ । जसले दलबदल गर्नेबानी बसेका अवसरवादीहरूले अत्यधिक अवसरप्राप्त गर्ने छन भने त्यागी र निष्ठावानहरू सदैव पछाडी धकेलिने छ । यसले पार्टीलाई फाइदा या घाटा केपुर्याउँछ गहिरिएर सोच्न आवश्यक छ । ता की फेरिपनि माकुने प्रवितिका गद्दारहरू नजन्मिउन । पार्टी त्यागेर पदसहित अन्य पार्टीमा लाग्ने गद्दार पदाधिकारीहरू ननिस्कुन । यसो भएमा जति धेरैठाउँमा जित्यौँ भनेर नाक फुलाइए पनि पछि खिन्न मन बनाउनु नपरोस यसकुरामा पार्टी चेत्नु आवश्यकछ । अर्को कुरो आकांक्षीहरूबाट केकति सहयोग प्राप्त भयो भएन यसको पनि अभिलेख रहन आवश्यकछ । आफूले टिकट पाए सवैको सहयोग चाहिने र आफूले नपाए निस्कृए बस्ने,नकारात्मक आलोचना या टिकाटिप्पणी गर्ने कुराको अन्त्य हुनजरूरी छ । यतिमात्र नभै आफूले जितेको नगर, महानगर वा गाउँपालिकाहरूमा भौगोलिक, जातीय, पारिवारिक योगदान र परिवारको आर्थिक अवस्थालाई हेरेर प्रत्येक वडाहरूबाट जनसंख्याको आधारमा समानुपातिक सेवा सुबिधाहरूको अवसर दिनमा पार्टीले ध्यान दिन आवश्यक छ । अहिले सवै दलहरूमा धनवाद र डनवादको बिकृतिले पार्टीका निष्ठावान कार्यकर्ता र समर्थकहरू पछाडी पर्न थालेको छ । यसमा एमाले पनि अछुतो रहन सकेको छैन । अझै पदका आकांक्षी हरूको दलबदलु कार्यले यसतै अवसरवादीहरूको हौसला बढेको छ, पार्टीबाट प्रोत्साहन प्राप्त छ । यो पछिल्लो अवस्थालाई हेर्दा अवसरवादीहरूलाई बढि लाभ प्राप्त छ । अवसर्वादीहरू जहिले अघि अघी र पार्टीप्रती प्रतिबद्ध र निष्ठावान ब्यक्तिहरू सदैव उनीहरूकै सेवामा लागिरहनु पर्ने प्रवृतिको अन्त्य हुनु जरुरीछ ।
एउटा कुरा के पनि अनुभव भैसकेकोछ भने जता पनि जुनसुकै पार्टीमा पनि यिनै अवसरवादीहरूले नै लाभ प्राप्त गरिरहँदा यिनिहरूको सोचाइ नै म बाहेक अरुकुनै ब्यक्तिको हैसियत छैन, मैले जिते कै मेरै लोकपृयताले हो । त्यसैले म पार्टी र जनता अनि जनताका अपेच्छाका कुराहरूमा किन जवाफदेही हुनुपर्योस? भन्ने जस्ता स्वार्थी र अभिमानी ब्यक्तिहरूको कामकार्यले धेरै ठाउँहरूमा पार्टी प्रति नै नकारात्मक प्रभावहरू पर्नगएको छ । तसर्थ आगामी२०७९बैशाख३०मा हुन गैरहेको स्थानीय निर्वाचनमा हालको पदाधिकारीहरूको पराजित हुनपुग्यो भने गठबन्धनको साझा उम्मेदवारको बललाई दोषदिएर सन्तोष मान्ने हो कि वर्तमान पदाधिकारीहरूको कामकार्यबाट जनबिस्वास गुमाएको हो भनी प्रश्न गर्नुपर्ने अवस्था आउन सक्छ ।अहिले धेरैजसो नगरपालिकाका पदाधिकारीहरू यस्तै कुराहरूबाट आलोचित छन । बजेट बिनियोजनमा पनपक्छे भएको÷ गरिएको गुनासोहरू पनि धेरै सुन्नमा आएको छ । जुन कार्यले निज ब्यक्तिको पुनः उम्मेदवारीबाट रोक त लाग्छनै पार्टीको लागि पनि ठुलै क्षेती पुग्नेकुरामा नकार्न मिल्दैन । अहिले कायम रहेका स्थानीय निकायका ब्यक्तिहरूलाई हेर्दा देशबिकास र जनतालाई सेवा गर्न र सुबिधा युक्त ढँगले काम गर्नमा भन्दा पनि पाएको यस मौकामा कमाउनु पर्छ भनी मरिहत्यगर्नेहरू पनि नभएको होइन । यी सवैकुराहरूलाई हेर्दा जित्नका लागि जस्तो सुकै ब्यक्तिलाई पनि टिकट दिने हो वा पार्टीको छविलाई कायम राख्न पराजित भएपनि स्वच्छ र इमानदारी ब्यक्तिलाई टिकट दिनेहो सोच्न जरुरी छ । पार्टीभित्र फेरिपनि माधव नेपाल समूह चरित्रका ब्यक्तिहरू नजन्मियुन भन्नेकुरामा अति ध्यान दिन आवश्यक छ ।
अहिले जति पनि एमालेबाट अन्य पार्टीमा गैरहेका छन तिनिहरू अपेच्छित पदका आकान्छि हरू थिए र यता उक्त पदहरू गुठ्याउन नसकेपछि वा नसक्ने भए पछी कुनैन कुनै दोष वा गालिको पोको बर्षाउँदै लागेकाहरूको जुन स्वार्थ असफल भएसँगै अन्यपार्टीबाट यसपार्टीमा प्रवेशगर्नेहरूको स्वार्थ या आकान्च्छाहरू पनि उतिकै रहेको हुन्छ भन्नेकुरामा पनि पार्टीले राम्रै ध्यान दिन आवश्यक छ । नेपालको राजनीतिको संस्कार यसैले बिगारिरहेको छ । अझ भनौँ भने पार्टीमा नवप्रवेशिहरूको हैकम जम्दै जाने र पूराना इमान्दार, निष्ठावान ब्यक्तिहरू पछाडी पर्दै जाँदा यस्ता पूराना निष्ठावान ब्यक्तिहरूको मूल्यान्कन हुने कहिले? के सदैव यस्तै अवसरवादीहरूलाई काँधमा बोक्दै हिँड्नुपर्ने नै निष्ठावानब् यक्तिहरूको दायित्व हुनुपर्ने हो र भन्ने प्रश्न पनि उठ्न थालिए को छ । अर्थात,घुर्कीफुर्कीलाउनै पर्ने,दलबदलगर्नैपर्ने, सोझोइमान्दारिले कामै नचल्ने, मात्र निर्वाचनकोबेला
मात्र यस्ता अवसरवादीहरूको दर्हो्भर्यीङ्गबन्नुपर्ने यस्तो बिकृती युक्त प्रवितिले देशको बिकास कहिले हुन्छ र जनताले सुखको अनुभूति कहिले गर्न पाउँछ ? जनताको प्रश्न यही बनेको छ पूराना त्यागिहरूको तीतो गुनासो यस्तै रहेको छ । यध्यपी अरुपार्टी भन्दा असल, अनुशासनमा पूर्णपालना,वचनमा इमान्दारीता,आर्थिक रुपमा स्वच्छता,आफ्नाक्षेत्रका मतदाताहरूको बिस्वासिलो र भरपर्दो नेताको रुपमा स्थापित हुनसकेमा सायद अन्य आकान्छिहरूको लस्करमा कमि आउने थियो कि ? जनताको पृयपार्टी र सच्चा नेताको रुपमा स्थापित हुन चाहनेले यसैमा ध्यान दिनु पर्ला कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *