बनेपा, आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिृकत खटाएको छ ।
जस अनुरुप धुलिखेल नगरपालिकामा जिल्ला अदालत काभ्रेका जिल्ला न्यायधिश मोहनराज भटराई, नमोबुद्ध नगरपालिकामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिब बिष्णु प्रसाद ज्ञवाली, पनौती नगरपालिकामा जिल्ला अदालत काभ्रेका स्रेस्तेदार गोविन्द प्रसाद घिमिरे, पाँचखाल नगरपालिकामा गृह मन्त्रालयका उप सचिब जीवन प्रसाद दुलाल, बनेपा नगरपालिकामा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका उप सचिब शारदा भण्डारी र मण्डनदेउपुर नगरपालिकामा उद्योग, वाणिज्य तथा आफुर्ती मन्त्रालयका उप सचिव शान्ता नेपाल मरासिनीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
भुम्लु गाउँपालिकामा राजस्व अनुसन्धान विभागका उप सचिब रुद्र कोइराला, महाभारत गाउँपालिकामा शिक्षा तालिम केन्द्र काभ्रेका दशौँ तहका अधिकृत खुबि राम अधिकारी, रोशी गाउँपालिकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप सचिब सूर्य प्रसाद गौतम, बेथानचोक गाउँपालिकामा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका उप सचिब लक्ष्मी प्रसाद रेग्मी त्यस्तै खानीखोला गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिब चिरञ्जीवि गौतम, चौरीदेउराली गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेका जिल्ला न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, तेमाल गाउँपालिकामा विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता बिमला रेग्मीलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।