प्रेम प्रस्ताब धेरैले राख्छन–नायिका करुणा बस्नेत


मिलेको शरीर, नरम स्वभाव, हसिलो अनुहार भएकी अभिनय र नृत्यमा पोख्त नायिका तथा मोडल करुणा बस्नेत नेपाली माझ चर्चित नाम हो । दोलखाको स्थायी बासिन्दा करुणा काठमाडौँमा रहेर संघर्षको पाइलाहरु अगाढी बढाउदै छिन् । विभिन्न पेशा ब्यबसायमा आबद्ध रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल उनि पछिल्लो समय सिने क्षेत्रमा ब्यस्त भएकी छिन् । भर्खरै मात्र राजधानीमा सम्पन्न भएको दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०७८मा आधुनिक गीतको म्युजिक भिडियो बाट उत्कृष्ट महिला मोडलको अवार्ड जित्न सफल भएकी करुणा राष्ट्रिय समाबेसी अवार्ड–२०२२ मा कलाकारिता सम्मान बाट सम्मानित भएकी छिन् । भाईरल डोजरवालीको नाम बाट सबै नेपाली माझ परिचित करुणा पछिल्लो समय भने कलाकारिता र अभिनयमा नै ब्यस्त छिन । हिम्मतवाली–डोजरवालीको नाम बाट चर्चा कमाएकी करुणाले आधा दर्जन म्युजिक भिडियो, दुइ वटा नेपाली चलचित्र र एक वटा भोजपुरी चलचित्रमा समेत आफ्नो कला कौशल अभिनय क्षमत प्रदर्शन गरिसकेकी छिन । बहुप्रतिभाकी धनि कलाकार करुणा बस्नेतसँग नव क्षितिज साप्ताहिकको लागी अरविन्द्र गौतमले गरेको संक्षिप्त कुराकानी

० आजभोलि के गर्दै हुनु हुन्छ ?
आजभोलि विभिन्न कार्यक्रमहरु, टेलिसिरियल, चलचित्र, म्युजिक भिडियोहरुको काममा ब्यस्त छु । त्यसको अलवा सामाजिक कार्यमा दिनहरु व्यतित गर्दैछु ।

० भर्खरै मात्र अवार्ड र सम्मान पाउनु भएछ नि ?
हजुर भर्खरै मात्र काठमाडौंमा सम्पन्न भएको २ वटा म्युजिक अवार्डमा बर्षको उत्कृष्ट मोडलको अवार्ड र कलाकारिता सम्मान बाट सम्मानित भए । यो सबै मेरा भगवानरुपी दर्शकहरुको माया, नेपाली जनताहरुको बिश्वास, शुभचिन्तकहरुको आशिर्बादको कारणले गर्दा सफलता पाउन सकेकी हुँ । सम्पूर्ण दर्शक, शुभचिन्तक, निर्णायक र आयोजक समेत धन्यबादको पात्र हुनुहुन्छ ।

० प्रेम के हो तपाईंको बिचारमा, कतिको आयो प्रेम प्रस्ताव ?
प्रेम भनेको दुई आत्मा को मिलन हो । प्रेम सबैसंग हुन्छ आमाबुवा, दाजुभाई, दिदीबहिनी, साथीसंगी आदि ईत्यादीमा तर अहिले मान्छेको सोचाईमा एक जना केटाले केटीलाई र एक जना केटीले केटालाई मन पराउने माया गर्नु मात्र प्रेम हो भन्छन् तर सत्य होइन । प्रेम प्रस्ताब त धेरै आउछ, प्रेम प्रस्ताब आउनु सामान्य बिषय हो, गित संगीत, चलचित्र सबै क्षेत्रका बरिष्ठ देखि कनिष्ठहरुले राम्री छौ, मन पराउछु, माया गर्छु भन्न समेत भ्याउछन तर यो कुरालाइ आफुले कसरी ह्याण्डल गर्ने र लक्ष्यमा पुग्ने त्यो आफ्नो क्षमतामा भर पर्छ । प्रेम प्रस्ताब आउने बित्तिकै खुसि हुनु पर्ने आत्तिनु पर्ने वा डराउनु पर्ने भने होइन ।

० यो क्षेत्रमा कतिको बिकृति विसंगति भोग्नु भएको छ ?
यो क्षेत्रमा सुरुमा प्रबेश गर्दा यहि क्षेत्रका गायक, मोडल, निर्माता तथा निर्देशकहरु बाटै अश्लिल प्रस्ताबहरु आउने गरेको थियो । फेसबुकमा रिक्वेस्ट पठाउने र धेरै आस्वासन देखाउदै प्रलोभन देखाउने गर्थे, मैले त्यस्ता व्यक्तिहरुलाई फेसबुकमा ब्लक गर्ने देखि गालि गर्ने समेत गरेकी छु । यो क्षेत्रमा आफ्नो कला,क्षमता अभिनय देखि हरेक कुरामा अब्बल दक्ष भयो भने मात्र अगाडी बढेर दर्शक श्रोताहरुको माया पाउन सकिन्छ भन्ने मैले बुजेकि छु त्यसैले त्यस्ता नकारात्मक सोच राख्नेहरु बाट टाढानै बस्दै आएकी छु । यस्ता बिकृति विसंगति बाट बचेर बस्नुनै उत्तम उपया हो ।

० हिम्मतवाली–डोजरवालीको नाम बाट भाइरल हुनु भएको थियो नि हैन ?
मलाई सानै उमेर देखि केहि फरक काम गर्न मन लाग्थ्यो, कलाकारिता पनि मेरो बच्चा देखिको सोख हो । मैले जिबनमा सेल्समा काम गरे, मार्केटिङ्गको काम गरे, आफ्नै फर्निचर ब्यबसाय, रेष्टुरेन्ट ब्यबसाय संचालन गरे तर मैले कुनै ब्यबसाय बाट उपलब्धि हासिल गर्न सकिन । त्यहि ताका म सार्बजनिक बसमा बसेर घुम्दै जादा डोजर अपरेटरको ट्रेनीङ हुँदै गरेको बिज्ञापन देखे र सोधखोज गर्दा आम्दानि पनि मनग्य हुने सोचले डोजर अपरेटरको ट्रेनीङ लिएर लाइसेन्स प्राप्त गरि डोजर चलाउन सुरु गरेको थिए । तर अहिले म कला अभिनय क्षेत्रमानै ब्यस्त भएको कारणले केहि समयको लागि डोजर चलाउन स्थगित गरेको छु । यो एउटा सामान्य कुरा थियो, दैनिक गर्ने कार्य थियो तर मिडियाले यो कुरालाई चर्चामा ल्याइदियो ।

० तपाइँ धेरै क्षेत्रमा संलग्न हुनुहुन्छ, समय ब्यबस्थापन कसरि गरिरहनु भएको छ ?
सर्बप्रथम त मानिसमा काम गर्ने इच्छाशक्ति हुनुपर्छ । समयलाई ब्यबस्थापन गर्न गाह्रो हुदैन । मेरो दैनिकी एकदम व्यस्ततामा बितिरहेको छ, पछिल्लो समय बिगत ९ महिना देखि आमा क्यान्सर रोगले थलिनु भएको छ । आमाको औषधि उपचार, स्याहार सुसार देखि विभिन्न कार्यक्रम, म्युजिक भिडियोहरुको छायांकन लगायतका कामहरु हुने गरेका छन् । देश र समाजको लागि सेवा गर्छु भन्ने दृढ संकल्प लिएर अगाडी बढ्दा अबस्य समय ब्यबस्थापन गर्न सकिन्छ ।

० जिबनको अर्थ के हो ?
मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो । जिबन एउटा निरन्तर चलिरहने प्रक्रिया हो । सुख दुख, हाँसो र रोदनको समिश्रण पनि हो ।

० तपाईलाइ समाज परिबर्तन गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?
राजनीतिक, सामाजिक र अहिले फैलिदै गएको बिचलन कुसंस्कारले गर्दा समाज बिग्रदो अबस्थामा गैरहेको छ । समाज नकारात्मक सोचको सिकार बन्दै गइरहेको छ भने त्यो समाजभित्रका पात्र हामी चाहिँ सकारात्मक कसरी हुन सकौँला ? समाज नकारात्मक सोचले अगाडि बढ्दैन भन्ने थाहा छ । तर, पनि नकारात्मक विचारको ओइरो छ । हाम्रो समाजमा आलोचना गर्ने प्रवृत्ति संस्कारकै रूपमा विकास भइरहेको छ । अहिलेका युवाहरुलाई भविष्य प्रति ढुक्क बनाउन सक्नुपर्छ । काम गरेपछि सफल भइन्छ, लगानी गरेपछि नाफा हुन्छ, मिहेनत गरेपछि प्रगति हुन्छ, यात्रा प्रारम्भ गरेपछि चाहेको गन्तव्यमा अवश्य पुगिन्छ भन्ने विश्वास दिलाउनुपर्छ । बलियो आत्मविश्वास तयार पार्नुपर्छ । यस्तो उच्च मनोबल बनेपछि मात्रै व्यक्तिले हरेक क्षेत्रमा आफूलाई प्रतिस्पर्धीका रूपमा उभ्याउँछ । प्रसन्नता, उत्साह, उमंग, प्रशंसाले भरिएको समाजमा मात्रै उन्नतिको सम्भावना हुन्छ । निराशा, कुण्ठा मात्रै व्यक्त गर्ने, अरूको अनावश्यक चियोचर्चाे र आलोचना गर्ने संस्कारले सिर्जनात्मकता सम्भव हुँदैन । यसका लागि सकारात्मक सोचकै आवश्यक हुन्छ र समाज परिबर्तन हुन्छ ।

० अन्त्यमा सोध्न छुटेको र भन्न चाहेको केहि कुरा हरु छन् कि ?
मलाई तपाईहरुको लोकप्रिय नव क्षितिज साप्ताहिकमा आफ्नो कुराहरु राख्ने मौका दिनुभएकोमा संचारकर्मी अरविन्द्र गौतमलाई बिशेष धन्यबाद दिन चाहन्छु । दुरदर्सि नेतृत्व देशले नपाउँदा सम्पूर्ण जनताले कष्ट भोग्नु परेको छ । चांडैनै राजनीति अस्थिरता अन्त भएर जनताहरुले सुख शान्तिको अनुभूति गर्न पाएको खण्डमा मुलुक सम्बृदीको बाटोमा उन्मुख होला जस्तो लाग्छ । अबको अबस्थामा हामी आफै चेतनशील भएर मुलुक र समाज परिबर्तनको लागि अग्रसर हुनु पर्छ । तसर्थ समाज परिबर्तन गर्न हामि आफै बाट सुरु गरौँ । चुनाब आउदैछ स्वबिबेक प्रयोग गरौ, भ्रष्ट नेताहरुलाइ गाउँ, शहर बाट लखेट्ने अभियान सुरु गरौँ । बिदेशिन बाध्य नेपालीहरुलाई नेपालमानै रोजगारी सृजना गरि आर्थिक क्रान्ति गर्दै सुशासन कायम गर्ने सक्षम नेतृत्वको चयन गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *