बनेपा, राष्ट्रिय युवा संघ नेपाल बनेपा नगरस्तरीय वृहत युवा भेला तथा पार्टी प्रवेश कार्यक्रम शनिबार सम्पन्न भएको छ । एमालेका युवा नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री गोकुल बाँस्कोटाले अबको राजनीतिको जिम्मा युवा वर्गले लिनु पर्ने बताउनु भयो । उहाँले जनताको जिम्मा लिने पार्टी एमालेबाहेक अरु नभएको ठोकुवा गर्दै युवा शक्तिले नै संसारमा उल्लेखनीय कामहरु भएको र युवा सिजर्नात्मक कार्यमा लागि समाजको मुहार परिवर्तन गर्ने भएकाले बनेपा नगरको युवाहरु एक जुट भएर समाज परिवर्तनमा लाग्न अग्रह गर्नु भयो । बास्कोटाले बैशाख ३० को स्थानीय तहको चुनावमा नेकपा एमालेले काभ्रेका सबै सिट जित्ने दाबी गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपालका काभ्रे जिल्ला अध्यक्ष सगर रायमाझीले आउदै गरेको स्थानीय चुनावमा एक बुथमा एक सय राष्ट्रिय युवा संघ नेपालका युवा परिचालन गर्ने बताउनु भयो । कार्यक्रममा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्न कुश रन्जितले युवा संघले व्यक्तित्व विकास मात्र नभई नेतृत्व विकास समेत गर्ने हुँदा संघमा युवाहरु बढी आकर्षित भएको बताउनु भयो । बनेपा नगर कमिटी अध्यक्ष रत्न श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस, माओवादी, समाजवादी लगायत अन्य पार्टी परित्याग गरि २०० जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका थिए ।