बनेपा, कार्यकर्तामा उर्जा भर्न र जनताका समस्या बुझ्न नेकपा एमालेले शुरु गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट देशभर जस्तै काभ्रेका सबै पालिकामाहरुमा दोश्रो चरण जारी रहेको छ । यो चरणमा वडा कमिटीको बैठकले बनाएका योजनाहरुको कार्यान्वयन र संगठित सदस्यता बितरण र नविकरण भैरहेको छ । साथै तल्लो तहबाटै वास्तविक तथ्याङ्क संकलन, वडा र टोल कमिटीको क्रियाशीलता र समग्रमा आधारभूत तहमा पार्टीको अवस्थाबारे यथार्थ र वस्तुनिष्ठ जानकारी लिने र पार्टीको आधारभुत सैद्धान्तिक राजनीतिक प्रशिक्षित गराउने योजना अनुसार गतिबिधिहरु भैरहेको छ ।
यो महिनाभरमा टोल र वडा स्तरीय कार्यक्रम सकि बैशाख पहिलो सातामा पालिका स्तरिय कार्यक्रम र बैशाख ९ सम्ममा जिल्लामा कार्यक्रम हुने छ । यहि क्रममा मण्डनदेउपुर नगरपालिका वडा नं. ४, ५, ३, १ र ११ मा वडास्तरीय विस्तारित भेला सम्पन्न भएका छन । केहिदिनदेखिको अबिरल झरीमा पनि यो अभियान जारी रहेको थियो । टोलीमा खटेका नेताहरु रुझ्दै भिज्दै टोल बस्तीमा पुगेर कार्यक्रमलाई निरन्तरता दिएका थिए ।
शुक्रबार मण्डनदेउपुर नगरपालिका वडा नं. ३ मा वडाकास्तरीय विस्तारित भेला केन्द्रिय सदस्य उषाकिरण तिम्सेनाको आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्यहरु ऋषिराम सापकोटा, रुद्रबहादुर तामाङ, जिल्ला कमिटी सचिवालय सदस्यहरु बिदुर प्रसाद सापकोटा, रामशरण दाहाल, जिल्ला सदस्यहरु नवराज बजगाई, शालिकराम पराजुली नगर कमिटी सचिव तुलशी नेपाललगायतको आतिथ्यतामा सम्पन्न भएको थियो । वडा कमिटी अध्यक्ष भोला बजगाईको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष नारायण तामाङको स्वागत र सचिव रामशरण बजगाईको संचालन रहेको थियो ।
त्यस्तैगरी मण्डनदेउपुर नगरपालिका वडा नं. ४ मा केन्द्रिय सदस्य उषाकिरण तिम्सेनाको आतिथ्यतामा भेला सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्यहरु ऋषिराम सापकोटा, बिमला आचार्य जिल्ला कमिटी सचिवालय सदस्य बिदुर प्रसाद सापकोटा, जिल्ला सदस्यहरु नवराज बजगाई, शालिकराम पराजुली खड्ग पुर्कोटी, सल्लाहकार सदस्य पि एन कोईराला, नगर कमिटी अध्यक्ष शेर बहादुर डोटेल, सचिव तुलशी नेपाल लगायतको आतिथ्यता सम्पन्न भएको थियो । वडा कमिटी अध्यक्ष मैतेसिं तामाङ्को अध्यक्षतामा भएको कार्यबmममा स्पागत श्रीप्रसाद पराजुलीले र वडा कमिटी सचिव खेमरञ्जन आचार्यले कार्यक्रम संचालन गर्नु भएको थियो । भेलाले जिते तामाङको संयोजकत्वमा वडा स्तरिय किसान महासंघको गठन पनि गरेको छ । जसमा भक्त बहादुर घर्ती, शान्ति तिमल्सिना, साबित्री बजगाई, लिला बहादुर पुर्कोटी, टेक प्रसाद न्यौपाने र कृृतिका श्रेष्ठ रहेका छन ।